काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच बैंकका ग्राहकको व्यवस्थित लगानी योजना(एसआइपी)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआइसी एसिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टका रूपमा कार्य गर्न उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीसँगै महालक्ष्मी विकास बैंकको शाखा सञ्जालको अधिकतम् उपयोग गरी लगानीका अवसर थप विस्तार तथा विविधीकरण हुने लक्ष्य समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताको एनआइसी एसिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशिता तथा वित्तीय सशक्तीकरणका माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वाससमेत लिइएको छ । हाललाई उक्त सेवा बैंकको दरबारमार्ग शाखामार्फत् र क्रमशः देशभरका शाखामार्फत् प्रदान गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच