जनकपुरधाम । न्याय प्रदान गर्ने अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा पीडतले प्रदर्शन गरेका छन् ।
उच्च अदालत जनकपुरका न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै पीडितले आईतवार प्रदर्शन गरेका हुन् ।
धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टि जनाउँदै आईतवार अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।
धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका र बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाइ पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टि जनाउँदै फैसला गरेका न्यायाधीशद्वय बिरुद्ध नाराबाजी समेत गरेका हुन् । उच्च अदालत जनकपुरका न्यायाधीशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले फैसला सुनाएको थियो । फैसला गर्ने न्यायाधीशद्वयलाई काराबाही र न्याय दिनुपर्ने मागसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरिएको पीडित सञ्जीव राउत गडेरीले बताउनु भयो ।
यसअघि घटनामा मारिएका रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नाराबाजी समेत गरेका थिए । नाराबाजी गरेको आरोपमा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले अवहेलना मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच