बैतडी । बैतडीमा लागुऔषध खैरो हिरोइनसहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका-४ का २४ बर्षिय सन्तोष टमटा ६० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा टमाटालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमबिक्रम केशीले जानकारी दिनुभयो ।
मोबाइलको पछाडी पट्टिको खोलमा कागजको ५ ओटा पुडिया बनाइ लुकाइराखेको अवस्थामा खैरो हिरोइनसहित टमाटालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका टमाटामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार दुई सय मिलिग्राम खैरो हिरोइनसहित झुलाघाटबाट पक्राउ परेका दशरथचन्द नगरपालिका-५ का २२ बर्षीय विरेन्द्र रावललाई अदालतबाट १० दिनको म्याद थपेर लागू औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच