कोशीमा सहमतीय सरकार उत्तम विकल्प : सभापति थापा

हिमालय टाइम्स
Read Time = 3 mins

-राजेन्द्र गाैतम

झापा । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले कोशीमा सहमतीय सरकार उत्तम विकल्प भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको र नेकपा एमालेले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष समावेदन गरेपछि सभापति थापाले दलीय सहमतिमा सरकार गर्न गर्न उपयुक्त हुने धारणा अघि सार्नु भएको हो ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत रहनु भएका थापाले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, 'सात प्रदेश मध्ये कोसीको विशेषता अलग छ, यो यथार्थलाई बुझेर सबै दलको नेतृत्व सहमतीय सरकार निर्माणको दिशामा अघि बढ्नु पर्छ, त्यो नै कोशीको उत्तर विकल्प र आवश्यकता हो ।'

उहाँले सहमतीय सरकारका लागि आफूले सबै दल र तिनका शीर्ष नेतृत्वलाई तत्काल आग्रह गर्ने समेत बताउनु भयो। 'मैले पहिला पनि सहमतीय सरकारको प्रस्ताव गरेको हुँ, अहिले पनि त्यो उत्तिकै सान्दर्भिक छू उहाँले भन्नुभयो, 'कोशीको अलग विशेषजतालाई बुझेर निकास दिन लाग्नु नै राजनीति दलहरूको दुरगामी निर्णय हुनेछ।'

'राजीनामा दिने, नदिने विषय मुख्यमन्त्रीको बिषेषाधिकार हो, स्वविवेकको कुरा हो, यसमा मेरो छुट्टै धारणा र यसै गर्नुपर्छ भन्ने आग्रह हुँदैन' थापाले भन्नुभयो, 'मध्यावधिमा जान कोही तयार छैन, त्यो उपयुुक्त पनि हुँदैन, निकासका लागि मार्ग प्रसस्त गरिनु पर्छ।'

उहाँले नेपाली कांग्रेस मध्यावधिको पक्षमा नरहेको र स्पष्ट पार्नुभयो । सभापति थापाले कुनैपनि दल मध्यावधिमा जानुपर्छ भन्ने नोटिसमा आफू रहेको जानकारी दिनुभयो । 'जनता मध्यावधिका निम्ति तयार छैनन्' उहाँको तर्क छ, 'यस्तो बेला राजनीति दलले नै उपयुक्त निकास दिनुपर्छ ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?