अदुवा र बेसार खेती सम्बन्धि कृषकलाई तालिम

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । दैनिक भान्सामा प्रयोग भइरहने अदुवा र बेसार खेती सम्बन्धि किसानहरुलाई अभिमुखिकरण तालिम दिइएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ को तुम्च गाउँमा शुक्रबार फेज नेपालको आर्थिक सहयोगमा कृषकलाई अदुवा र बेसार खेती सम्बन्धि जानकारी गराइएको हो ।

किसानका खेतबारीमा अदुवा, बेसार खेती र उक्त खेतीमा लाग्नसक्ने रोग तथा किरा व्यवस्थापन सम्बन्धि १ दिने अभुमुखिकरण तालिम सम्पन्न भएको छ । उक्त गाउँपालिकाको तुम्च गाउँका १८ जना कृषकहरुलाई उपस्थित गराइ छत्यालबाडामा उक्त बिषयमा अभिमुखिकरण गरिएको हो ।

मानव जीवनको दैनिक उपाभेग्य बस्तुको रुपमा दैनिक दिन भान्सामा चाहिने बेसार र अदुवा मसलाको रुपमा मात्र नभइ मानव शरिरलाई रुघाखोकि, टाउको दुख्नेलगायत मानिसको लागि धेरै रोगसँग लड्न सक्ने क्षमता भएको कृषि जेटिए डबल भाटले बताउनुभयो ।

यस्तै अदुवा र बेसारलाई आयुर्बेदिक औषधिको रुपमा लिन सकिने भएको भन्दै यसले शरिरलाइ कुनैपनि हानि नगर्ने पनि उहाँले बताउनुभयो । उक्त अभिमुखिकरण पश्चात् सबै किसानहरुको बारिबारिमै पुगेर अदुवा बेसार खेती सम्बन्धि लगाउने उपायहरु र सो खेतीको संरक्षणको बिषयमा पनि सहजिकरण गरिएको छ ।

गैरसरकारी संस्था फेज नेपालका कृषि जेटिए डबल भाट र रुपलाल रावतले कृषकहरुलाई अभिमुखिकरण गर्नुभएको स्थानिय रतन बहादुर रावतले बताउनुभयो । गाउँमा उक्त संस्थाले बिगतका केही बर्ष स्वास्थ्य र कृषिका लागि नागरिकलाई सहजिकरणका साथै सहयोग गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?