काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६-५७ ले पराजित गरी उपाधि जितेसँगै एक लाख नगद पुरस्कार जित्यो ।
दोस्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गर्नुभयो । रोयलले पहिलो क्वाटरमा २३-१८ को अग्रता लियो । दोस्रो क्वाटरमा २२-१६ को अग्रता लिएको रोयल तेस्रोमा ८-१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वाटर १३-१३ को बराबरीमा टुंगियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मोस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित हुनुभयो । दुवैले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्वक्रिकेटर शक्ति गौचन, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रव्यापी खेलकुदमा विभिन्न ८ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको प्रतियोगिता अन्तिम हो । ७१औँ मदन जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुलकन्ट्याक्ट कराँते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच