बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र गरेको वर्षौँ भयो । तर बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक अझै स्तरोन्नती हुन सकेको छैन । कालोपत्र गरिएको सडक पनि उप्किएर हिलाम्मे र धुलाम्मे बन्दासमेत घोडाबाँधे खण्ड स्तरोन्नती नहुँदा स्थानीय र यात्रु आजित बनेका छन् । घोडाबाँधेदेखि बर्तिबाङसम्मको सडकको बीच भागबाट कालोपत्र उप्किएपछि ठूला-ठूला खाल्डा परेका हुन् । लोकमार्ग कार्यालयले भत्किएको सडक मर्मत नगर्दा हजारौँ यात्रुले समस्या भोग्नु परेको छ ।
दैनिक सयौँको संख्यामा ओहोरदोहोर गर्ने सवारी साधान सडक बीचको खाल्डोमा फस्दा जामसमेत हुने गरेको छ । विशेषगरि बडिगाड र गलकोट खण्डमा सबैभन्दा पनि कालोपत्र उप्किएर आवतजावतमा समस्या भएको हो । सडक बीचको खाल्डोमा गाडीको टायर अड्किदा घण्टौँसम्म बाटोमा रोकिनु पर्ने सवारी चालक मिनबहादुर सुनारले बताउनुभयो । दुई वर्ष अगाडिदेखि नै सडकमा खाल्डाखुल्डी पर्ने थालेको भन्दै अहिलेसम्म मर्मत नहुँदा सडकनै कुरुप बन्दै गएको उहाँको भनाइ छ । एउटा गाडी सडक बीचको खाल्डोमा फस्दा सडकभरी सवारी साधानको लाइन हुने सुनार बताउनुहुन्छ ।
उहाँले भन्नुभयो - “कालोपत्रे गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठिक हुन्छ, दुई/दुई पाइलामा ठूला-ठूला खाल्डा परेका छन्, गाडीको टायर तर्काउनै सकिन्न, टायर गएर खाल्डोमा फस्दा कहिले पट्टा भाँचिएर हजारौँ खर्च निकाल्छ, कहिले ठूलो गाडी खाल्डोमा फस्यो भने दिनभरी लाग्छ निक्लिन, त्यसले गर्दा धेरै बेरसम्म बाटोमा जाम हुने स्थिती आउँछ, सरकारलो चासो नदिएर होकी ठेकेदारले काम नगरेर हो ।”
लोकमार्गले सडकको खाल्डाखुल्डी नपुर्दा दैनिक आधा दर्जन मोटरसाइकल दुर्घटना हुने गरेको स्थानीय प्रेमबहादुर पुनले बताउनुभयो । बडिगाडको हाँडिखोलादेखि बुर्तिबाङ बसपार्कसम्मको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी परेको उहाँको भनाइ छ । मोटरसाइकल चालकहरु स्पिडमा आउने र सानासाना खाल्डाहरु नदेख्दा उछिट्टिएर लड्ने गरेको पुन बताउनुहुन्छ । हरेक दिन जिपहरु पनि सडकममा बिग्री रहने उहाँले बताउनुभयो । कालोपत्रे गरेको दुई वर्षसम्म कुनै समस्या नभको पुनको भनाइ छ । सरोकारवाला निकायले लोकमार्गको खाल्डाखुल्डी पुन दिलासुस्ती गर्दा ठूलो दुर्घटनाको जोखिम बडेको पुन बताउनुहुन्छ ।
“यो त राष्ट्रिय लोकमार्ग होनी, सडक बिग्रिएको यतिका समयसम्म पनि मर्मत हुँदैन, सरोकारवाला निकाय निदाएर हो कि, यो बाटोको दुरावस्था नदेखेर हो ? केही बुझ्न सकिएन, नत्र भने त अहिलेसम्म खाल्डाखुल्डी पुर्ने काम त गर्नु पर्छ नी” पुनले भन्नुभयो - “यो बाटोमा दिनदिनै मान्छेहरु लड्छन्, कोहीले बाइक पल्टाउँछन्, कोहीले गाडीनै बिग्रार्छन्, यहाँ मान्छे नलडेको दिननै हुँदैन ।”
यता लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालेपत्रे नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु तथा स्थानीय आजित छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम नगरेपछि माथिल्लो खण्डको ठेक्का टोडेको छ । तल्लो खण्डमा पनि निकै कछुवा गतिमा काम भइरहेको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले दुई वर्ष अगाडि मर्मत सम्भारका लागि ठेक्का प्रक्रियामा गएर काम भइरहेको बताउनुभयो । वि.सं. २०७८ फागुनमा सम्झौता गरेर उप्किएरको लोकमार्ग कालोपत्र गर्न थालिएको उहाँको भनाइ छ । तीन घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन वटा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको इन्जिनियर शर्मा बताउनुहुन्छ । आगामी असार मसान्तसम्म सबै खाल्डाखुल्डी पुरि सक्ने उहाँको भनाइ छ । हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच