![बालाजु ‘बाइसधारा मेला’ (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/balaju-baisdhara-mela-4.jpg)
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी–२० विश्वकपमा नखेल्ने स्पष्ट पार्नुभएको छ ।
आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गर्नुभएको हो ।
उहाँको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी–२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गर्नुभयो । ३५ बर्षिय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिनुभएको छ
उहाँले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको थियो । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेल्नु भएको थिएन
उहाँले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउदै विश्वकप नखेल्ने बताउनु भएको हो । उहाँले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताउनु भएको छ ।
![दुई वर्षमा सक्ने सम्झौता, चार वर्षमा ८० प्रतिशत काम](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/moterabal-pull.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच