कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाका नागरिक सञ्चार सेवाबाट वञ्चित बनेका छन् । तिलागुफा नगरपालिकाभित्र मोबाइल सेवा अवरोध भएको ६ महिनाभन्दा बढी भए पनि सम्बन्धित निकायको ध्यान नजाँदा सेवाग्राही मारमा परेका छन् । वर्षातको समयमा पानी पर्दा नगरपालिकामा मोबाइल तथा फोन सेवाले काम गर्दैन । भरपर्दो मोबाइल सेवा सञ्चालनका लागि टावर नहुँदा यहाँका नागरिक आफन्तको सम्पर्कबाट वञ्चित हुँदै आएका छन् ।
तिलागुफा नगरपालिका-७ की तुल्साकुमारी शाहीले आफन्तसँग फोन सम्पर्क गर्न नपाउँदा आफूहरू निकै चिन्तित भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘फोन छ, चल्दैन । आफन्त कोही काठमाडौं त कोही विदेशमा छन् । हालखबर बुझ्न पनि सदरमुकाम जानुपर्ने बाध्यता छ ।’ यता, नगरपालिकाका वडा अध्यक्ष पर्वबहादुर शाहीले भने नेपाल टेलिकमले आफ्नो नगरपालिकाप्रति खासै चासो नदिएको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘नाममा नगरपालिका छ, तर मोबाइल सेवासमेत भरपर्दो नहुँदा हामी निकै समस्यामा छौँ ।’
नगरपालिका क्षेत्रका कुनै पनि ठाउँमा मोबाइलको टावरले काम गरेको छैन । वडा नम्बर-९ का बिर्ख सुनारले २०७४ सालयता उस्तै अवस्था रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘दिनमा घाम लागेको खण्डमा कुनै ठाउँमा हल्का फोनले काम गर्छ, अन्य समय पूरै नगरपालिकामा सञ्चार असुविधा नै छ ।’ नेपाल टेलिकमले सुरुमा बनाएको मोबाइल फोनको टावर पनि पुरानो भइसकेको छ । अन्य ठाउँमा टावर नभएकाले नगरपालिका भित्रका नागरिक सञ्चार सेवाबाट वञ्चित हुँदै आएका हुन् ।
वर्षातको समयमा सोलारले काम नगरे पनि आजभोलि त पानी परेको थिएन । तर, पनि मोबाइल फोनले काम नगर्दा नगरपालिकाका नागरिक निकै समस्यामा छन् । नेपाल टेलिकम कालीकोटका प्रमुख प्रेमबहादुर विष्टले वर्षातको समयमा मोबाइलमा सम्पर्क कति बेला जाने गरेको भए पनि त्यहाँको समस्या समाधानका लागि आफूले माथिल्लो निकायमा पटकपटक सूचना गर्ने गरे पनि समाधान हुन नसकेको बताउनुभयो ।
तिलागुफा नगरपालिका लगायतका अन्य ठाउँमा सेवा विस्तारका लागि संघीय सरकारबाटै पहल भइरहेको भए पनि कहाँ के कारणले ढिलो हुन पुगेको हो थाहा नभएको प्रमुख विष्टको भनाइ छ । सरकारी काम बोलपत्र आहृवान गर्नुपर्ने लगायतका कामले ढिलो भएको होला यहाँबाट हेर्दा अन्य नेटवर्क त कतै बिग्रेको देखिँदैन विष्टले प्रतिक्रिया दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच