नमागिएको सल्लाह
प्राचीन नगरी अयोध्या भगवान रामसँग सम्बन्धित भक्तिगाथाको बढोत्तरीको कालखण्डमा बनेका मन्दिर र हिन्दु धर्मसँग सम्बन्धित संरचनाहरूले भरिभराउजस्तो लाग्दछ । कतिपय जीर्ण अवस्थाका छन्, कतिपय मर्मत संभारको अभावले रूपविहीन देखिन्छन् । त्यस्तो परिवेशले नगरको शोभालाई नै कमजोर बनाइदिएको छ । तर, अब परिस्थिति बदलिन लागेको छ-राम जन्मभूमिमा रामललाको मूर्तिमा प्राण प्रतिष्ठा गरिएसँगै पुनर्निर्माणको लहर नै चलेको छ । राम जन्मभूमिमा राम मन्दिरको निर्माण भइरहेको छ भने रघुवंशसँग सम्बन्धित हरेक संरचनाको पुनर्निर्माणमा राज्यको ध्यान पुगेको आभास हुन्छ ।
अयोध्या क्षेत्रमा करिब सात हजार मन्दिर रहेको बताइन्छ । त्यसमध्ये १०० वटा महत्वपूर्ण मन्दिर रहेका छन् । यी सबैको पुनर्निर्माण र मर्मतसम्भार गर्न लामो समय लाग्न सक्दछ तथापि के भन्न सकिन्छ भने अयोध्यामा हिन्दु पुनर्जागरण अभियान सुरु भएको छ । आजका झुपडपट्टीले ठूला होटेलको रूप लिने, आधुनिक बजारको विकास हुने, स्तरीय रेष्टुराँ खुलेर अयोध्याको मुहार फेरिने दिन टाढा छैन । स्तरीय राजमार्ग, रेल्वे प्रणालीहरू रहेको अवस्थामा शहरको समृद्धि र विकास खासै कठिन कुरा होइन । धार्मिक पर्यटकको मागले सिर्जना गर्ने अवसरले अयोध्या नगरी चिटिक्क सिँगारिएकी नवबधूजस्तो देखिने दिनका लागि केही वर्ष पर्खने धैर्य राख्नमात्र सक्नुपर्दछ ।
भरत मन्दिर
हाम्रो भ्रमण टोली दुईवटा साना सवारीसाधन लिएर अयोध्याबाट करिब १५ किमी टाढा रहेको नन्दीग्रामस्थित भरत मन्दिरको अवलोकन र दर्शनका लागि पुग्दा त्यहाँ मेलाको रौनक थियो । भगवान् श्रीरामले १४ वर्ष वनवास जाने निर्णय गरेपछि भाइ भारतले त्यसो नगर्न अनुनय विनय गरेको तर रामलाई मनाउन नसकेको कारण रामको चरण पादुकामा पूजा गरेर यही स्थानबाट अयोध्याको राजपाठ चलाएको भन्ने कथन रहेको छ । भगवान् रामका भाइ भारतको तपोस्थली नन्दीग्राममा रहेको भरतकुण्डको पनि आफ्नै महिमा रहेको छ । त्रेतायुगमा भगवान् रामको राज्याभिषेकमा यहाँ रहेको भरतकुण्डको जल प्रयोग गरिएको भनाइ रहेको छ ।
अयोध्याबाट चार किलोमिटर दूरीमा रहेको पौराणिक सूर्य मन्दिर र सुरजकुण्डलाई भगवान् रामका कुलदेवता भगवान् भास्करको रूपमा पूजा गरिन्छ । अयोध्या जाने धार्मिक पर्यटकहरूका लागि यसलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिँदैछ । सरकारले १४ करोड लागतमा यो मन्दिरको जीर्णोद्धार गराएको छ ।
सुल्तानपुर मार्गमा रहेको भरतकुण्डलाई सानो गया भनेर पनि चर्चा गर्ने गरिन्छ । भगवान रामको राज्याभिषेकका लागि भाइ भारतले २७ तीर्थको जल लिएर आएका थिए । आधा जल चित्रकूटको एक स्थानमा राखिएको थियो भने केही जल भरतकुण्डमा राखिएको थियो । भारतले पिताको पिण्डदानका लागि भरतकुण्डको निर्माण गराएका थिए । यो स्थान रघुवंशीहरूको पिण्डदान गर्ने स्थलको रूपमा पनि परिचित छ । यसै परिसरमा रहेको भरत हनुमान मिलन मन्दिरको अवलोकन गर्ने क्रममा भरत र हनुमानले एक अर्कालाई अंकमाल गरेको मूर्तिले सबैको ध्यान खिचेको थियो । भगवान रामका भाइ भरतसँग सम्बन्धित धेरै गाथासँग सम्बन्धित यस स्थानलाई भरततीर्थ नामकरण गर्दा पनि फरक नपर्ने महसुस भयो ।
सूरजकुण्ड
यस मन्दिरको दर्शन पश्चात्को हाम्रो गन्तव्य रहृयो-सुरज कुण्ड । अयोध्याबाट चार किलोमिटर दूरीमा रहेको पौराणिक सूर्य मन्दिर र सुरजकुण्डलाई भगवान् रामका कुलदेवता भगवान् भास्करको रूपमा पूजा गरिन्छ । अयोध्या जाने धार्मिक पर्यटकहरूका लागि यसलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिँदैछ । सरकारले १४ करोड लागतमा यो मन्दिरको जीर्णोद्धार गराएको छ । धार्मिक मान्यताका अनुसार भगवान् सूर्यले यसै स्थानमा बसेर भगवान् रामको बाललीलाको दर्शन गर्नुभएको थियो । कसैलाई कुष्ठ रोग लागेको छ भने यसमा स्नान गर्नाले निको हुने विश्वास पनि रहेको छ । यस्ता मान्यताहरू रहेता पनि बढ्दो प्रदूषणको कारण जमेको पानीमा स्नान गर्ने विषयमा आफ्नो शरीरको अवस्था र परिवर्तित समयलाई पनि सोच विचार गर्न जरुरी हुन्छ ।
सुरजकुण्डको दर्शनपछि हाम्रो टोलीको धार्मिक यात्रा लगभग समाप्त भयो । यस भ्रमणको क्रममा भारतीय भूमिमा प्रवेश गरेपछि खानाको समस्या महसुस भएको छ । अयोध्यामा पनि यो समस्या भयो । हाम्रो टोलीका अटो चालकले राजमार्गको लामो बाटो तय गरेर एउटा रेष्टुरेण्टमा लिएर गए । टाढा भए तापनि हाम्रो अनुकूलताको खाना पाउने अवस्था थियो । खाना अर्डर गरेपछिको बीचको समयमा रेष्टुरेण्ट सञ्चाकले नेपाली गीत लगाएर हाम्रो प्रतीक्षालाई रमणीय बनाए । गलेको शरीर भए पनि भूपू पाण्डेको ‘फूल फूलेर के गर्नु भीरैभीरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ ।’ गीतको बोलमा हामी छमछमी नाच्यौँ ।
व्यापारिक नीतिका अब्बलज्ञाता रेष्टुरेण्ट सञ्चालकलाई धन्यवाद दिँदै हाम्रो टोली आफ्नो वासस्थानतर्फ लाग्यो । धेरै साथीहरू केही छिनको आरामपछि निकटवर्ती बजार फैजावाद जानुभयो भने केही साथीहरू होटेलमै आराम गर्नुभयो । भोलि बिहानको ट्रेन चढ्ने स्थान गोण्डा स्टेसन पैंतीस किलो मिटर टाढा रहेकाले त्यहाँ पुग्नका लागि यातायात साधनको व्यवस्था गर्न सबै साथी फैजावाद जान उपयुक्त थिएन । राम्रो अवस्थाको माइक्रोबस अयोध्याबाट रेलवे स्टेसन पुग्नका लागि आउने तय भयो । वनारस गएको कारण फर्कँदा ढिलो भए तापनि गाडी चालक बब्लु ‘जय श्रीराम’ भन्दै आइपुगेपछि हामी भोलिका लागि ढुक्क भयौँ । बब्लुलाई केही रकम बैना दिएर शयन कक्षमा पुगेपछि निन्द्रादेवीले आफ्नो पोल्टोमा लपक्कै पारिन् ।
बिहान सबेरै उठेर तयारी गर्दैगर्दा चालक बब्लु ‘जय श्रीराम’ भन्दै आइपुगे । चालक बब्लुले हामीलाई बाटोमा पर्ने स्थानहरूका बारेमा बताउँदै लगे । निर्धारित समय ६ ः४४ मा मनकापुर (गोण्डा) रेल्वे स्टेसन पुगेर रेलको आफ्नो सिटमा बस्न खोज्दा कोही मानिस घुर्घुर गर्दै सुतिरहेका थिए । एकछिन कडिकडाउ सवाल जवाफ भएपछि उनीहरू ठेगानमा आए । उनीहरू प्रतीक्षा सूचीको टिकटमा चढेका थिए । विहार, उत्तर प्रदेशका भित्री भागमा यस्तो हुने गर्छ । सत्याग्रह एक्स्प्रेस नामको रेल्वेमा यस्तो समस्या हुनेगर्छ भनेर सुनिएको थियो, भोगियो पनि । यसै मेसोमा चालक बब्लुको फोन आयो-भन्दै थिए-ट्रेन मिल गया ? सब ठीकठाक है ? फोनमा जय श्रीराम भनेर काठमाडौं आउने बाचाका साथ उनी बिदा भए । वास्तवमै बब्लु शिष्ट र मिजासिला थिए ।
बिहानै चढेको १५२७४ नं. को सत्याग्रह एक्स्प्रेसलाई ३६४ किमी तय गर्न दिनभरि लाग्ने भएकाले केही ढिलो भयो भने साँझ पर्ला कि भन्ने अनुमान गरिएकोमा समयमै रक्सौल पुगेकाले उज्यालोमा स्वदेश प्रवेश गर्ने अवस्थाले यात्रामा सहजता थपिएको थियो । रेलबाट ओर्लेका एकजना भ्रमण दलका सदस्य एकछिन अगाडि देखापरेकोमा एकैछिनमा कता जानुभयो, त्यसले तनाब बढायो । विहार पहिलेको जस्तो त छैन तथापि हाम्रो मन आशंका र भयको कारण केही छिनसम्म बेचैन भयो । हराउँनमा हृयाट्रिक पूरा गरेका साथी हामीभन्दा अगाडि नेपाली भूमिमा गएर बसेको भन्ने सूचना पाएपछि आइपरेको बिघ्नबाधा समाप्त भएको थियो । रक्सौलको अवस्थाको अनुसरण गर्दै भारतीय अटोमा भारतीय भूमिको पुलपारि त्यसपछि पैदल पुल तरेर नेपाली भूमिमा स्पर्श गरेपछि आनन्दानुभूति भयो । टोलीबाट एकछिन टाढिएका साथी फेला परेपछि अझ राहतको महसुस भयो ।
‘एकोद्रहं द्वितीयो नास्ति’ भन्ने भावना अनुसार संसारका सबै कुनामा बस्ने मानवहरूको एउटै परमेश्वर भइदिएको भए यो विश्व कति शान्त हुने थियो होला ? प्राणीमात्रको सेवा गर्ने दर्शन भएको धर्मका अनुयायी सबै जनता भएका भए धर्मको नामको खेती नै कमजोर भएर यो संसारका जनता कति सुखी हुनेथिए होला ।
नेपाली भूमिमा हाम्रा लागि आउनुपर्ने गाडीले केही ढिला गरेकाले हाम्रो थकित मन र शरीरलाई असहज त भएको थियो तर रात्रिकालीन आतिथ्य चिरपरिचित चितवनको पुरानै स्टार होटेलमा हुने भएकाले हामी सुखद् समयका लागि आश्वस्त थियौं । रात्रिकालीन खाना खाने क्रममा यात्राको क्रममा केही मानवीय स्वभावगत कमजोरी भएको भए नारायणी नदी कटेपछि विस्मृतिमा राख्ने सामूहिक वाचा गर्दै आफ्नो शयनकक्षतर्फ लागेसँगै उक्त दिनको समाप्ति भएको थियो । भोलिपल्ट बिहान पर्यटक बस हामी बसेको होटेल अगाडि आएर हामीलाई हर्न बजाएर आमन्त्रण गरेपछि पर्यटक बसमा चढेर बेलुकी चार बजे काठमाडौं बालाजु क्षेत्रमा अवतरण भएपछि चैत १८, २०८० मा प्रारम्भ भएको हाम्रो नौ दिने धार्मिक यात्रा समाप्त भएको थियो ।
गोण्डा स्टेसनबाट रक्सौलसम्मको यात्रा अवधिमा हाम्रो टोलीको बीचमा खुशी के हो ? धर्म र राजनीति, बुढ्यौली व्यवस्थापन लगायत विषयमा विमर्शको प्रयास भएको थियो । के खुशी हुनु र सुखी हुनु एउटै हो ? खुशी शरीर र मन आनन्दित भएको अवस्था हो भने सुखी हुनु भनेको भौतिक आवश्यकता पूरा भएको मात्र अवस्था हो । खुशी कसैको सानो अभाव पूरा गरेर प्राप्त गर्न सकिन्छ, कसैलाई राम्रो वचन गरेर प्राप्त गर्न सकिन्छ, इच्छित पात्रसँग भेटेर प्राप्त गर्न सकिन्छ, इच्छित वस्तु हेरेर र छोएर प्राप्त गर्न सकिन्छ । सानो सानो कर्मबाट खुशी प्राप्त गर्न सकिन्छ भने सुख सीमाविहीन रूपमा तन्किने अवस्थाको छ । एउटाको प्राप्तिपछि अर्कोको चाहना भइ हाल्ने, एउटा चाहना परिपूर्ति भयो भने अर्को चाहना आइहाल्ने ।
यसैले भन्न सकिन्छ भौतिक सुख दुव्र्यसन हो । यसको नसा लागेपछि उम्किनै नसकिने । यो दुव्र्यसनको कारण आजको विश्व अशान्त भएको छ । जब कि खुशी, सन्तुष्ट मानसिक अवस्था हो, जुन हरेक क्षण विनालगानी प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो भ्रमण दलको विमर्शको निचोड थियो । यस्तै अन्य महत्वपूर्ण विमर्श पनि भएका थिए । जसलाई यो आलेखमा समेट्न सकिएन । अयोध्यामा निर्माण गरिएको राम मन्दिरले मुगल शासकले गरेको अन्यायबाट न्याय प्राप्त भएको छ । वनारस-अयोध्या क्षेत्रमा हिन्दु धर्मको पुनर्जागरण भएको छ । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता नेताको महत्वपूर्ण भूमिका छ ।
तर, संगीन प्रश्न छ-शंकराचार्यहरूको असहमतिको बाबजुद विपक्षी दलहरूको विरोधको बाबजुद मन्दिर निर्माणको काम समाप्त नभई किन हतारमा उद्घाटन गरियो ? यसको धेरै घुमाउरो जवाफ खोजिरहनुपर्ने अवस्था छैन । असी प्रतिशत हिन्दुधर्मावलम्बी भएको देशमा राम मन्दिरको उद्घाटनको मोदी सन्देश हो-मैले हिन्दु भावनाको रक्षा गरेको छु, भइरहेको चुनावमा हिन्दुवादी पार्टी भारतीय जनता पार्टी र त्यस पार्टीका नेता नरेन्द्र दामोदरनाथ मोदीको पक्षमा मतदान गर्नुहोस् । राजनीतिज्ञले शासन सत्ता कब्जा गर्न राजनीतिको सहारा लिने परम्परागत प्रचलन हो । धर्मको सहाराले जनतामा विभाजन र द्वन्द्व खडा गरेर शासनको लाभ लिन सजिलो भएको छ । इजरायल-हमास युद्ध, इजरायल-इरानबीच हुन लागेको युद्ध र पहिले भएका धेरै युद्धहरू धर्मको आडमा भएका थिए, भइरहेका छन् ।
‘एकोद्रहं द्वितीयो नास्ति’ भन्ने भावना अनुसार संसारका सबै कुनामा बस्ने मानवहरूको एउटै परमेश्वर भइदिएको भए यो विश्व कति शान्त हुने थियो होला ? प्राणीमात्रको सेवा गर्ने दर्शन भएको धर्मका अनुयायी सबै जनता भएका भए धर्मको नामको खेती नै कमजोर भएर यो संसारका जनता कति सुखी हुनेथिए होला । यस्तो सुखी संसारको काल्पनिक नै भए पनि कामना गर्दै भन्न मन लागेको छ-रामलला बाई बाई, धर्मको अर्थ होस् सबै मानव भाइ भाइ । अर्थात् हाम्रो चाहना हो, ‘वसुधैव कुटुम्वकम्’ । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच