साताभर छ अर्बको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । यस साता सेयर बजार २७ अंकले घटेको छ । साताभरको कारोबारमा नेप्से २७.३६ अंकले घटेको हो । छ दिनको कारोबारमा दुई दिनमात्रै नेप्से बढेको थियो । गत साता १९३७.७४ मा रहेको बजार परिसूचक यस साताको अन्तिम कारोबारपछि भने १९१०.३८ मा झरेको छ । गत साता कारोबार परिसूचक ३२ अंकले घटेको थियो । साताभरमा सेन्सेटिभ इण्डेक्स ४.९४ अंक, फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने गत साताको तुलनामा झिनो अंकले बढेको छ । साताभरमा करिब छ अर्बको कारोबार भएको छ । गत साताभर करिब ५.५ अर्बको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से ११.४७ अंकले घटेको छ भने दुई सय २१ कम्पनीका २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार छ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार पनि नेप्से १३.५९ अंकले घटेको छ भने ८३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार नेप्से २१.३० अंकले बढेको थियो भने ९२ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ४७.४६ अंक बढेको छ भने एक अर्ब ४५ करोडको कारोबार भएको छ । बिहीबार भने नेप्से ५७ अंकले घटे पनि दुई अर्ब १२ करोडभन्दा बढीको कारोबार भएको छ । शुक्रबार नेप्से १४.१० अंकले घटेको छ भने ९० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको कुल बजार पुँजीकरण यस साता ३४ अर्ब घटेको छ । गत साताको अन्तिम कारोबारपछि २७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण साताभरमा ३४ अर्ब घट्दा २७ खर्ब ४४ अर्बमा झरेको हो । साताभरमा व्यापार समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक घटेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?