काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीलाई प्रत्यक्ष हिस्साको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्राधिकरणले पुनर्बिमा निर्देशिकामा रहेको व्यवस्थाअनुसार प्रत्यक्ष हिस्सा कार्यान्वयनका लागि एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशन पालना नगर्ने कम्पनीलाई दैनिक एक लाख रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।
पुनर्बिमा निर्देशिकाअनुसार प्रत्यक्ष हिस्सा अर्थात् डाइरेक्ट सेसन चालु आर्थिक वर्षमा आठ प्रतिशतका दरले दुवै पुनर्बिमकलाई बुझाउनुपर्ने व्यवस्था भए पनि जीवन बिमा कम्पनीहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको प्राधिकरणले जनाएको छ । उक्त व्यवस्था पालना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी गराउन निर्देशन दिँदै सात दिनभित्र कार्यान्वयन नगरेमा वा कार्यान्वयन गरेको जानकारी नगराएमा बिमा ऐन २०७९ को दफा १३८ अनुसार कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छन् ।
उक्त व्यवस्था कार्यान्वयन नगरेमा सात दिनपछि हरेक दिन २५ हजारका दरले जरिवाना तिर्नुपर्नेछ । सात दिनदेखि १५ दिनसम्म हरेक दिन ५० हजार र १५ दिनदेखि हरेक दिन एक लाखका दरले जरिवाना तिर्नुपर्ने प्राधिकरणको निर्देशनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच