स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै माओवादीले बनायो छानबिन समिति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आज बसेको वैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?