राजापाक्षेको सरकारी निवासमा प्रदर्शनकारीले पैसैपैसा भेटेको दाबी

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए ।
-एजेन्सी

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?