‘घर ज्वाईं’मा दयाहाङ र मिरुना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दयाहाङ राई र मिरुना मगरलाई लिएर चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ । अनिल बुढा मगरको निर्देशनमा बन्ने चलचित्र ‘घर ज्वाईं’मा उहाँहरू अनुबन्धित हुनुभएको हो । चलचित्रमा दयाहाङ केही समयअघि नै अनुबन्धित भइसक्नुभएको थियो भने मिरुनासँग यसै साता ‘साइन’ भएको हो ।

मगर सांस्कृतिको नजिक रहेर निर्माण गरिने ‘घर ज्वाईं’ को निर्माता जनक घर्ती मगर हुनुहुन्छ । माघ दोस्रो साताबाट छायांकन सुरु हुने यो चलचित्रमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा काउचालगायतका कलाकारको समेत अभिनय रहने छ ।

पूर्वी रुकुमका बिभिन्न स्थानमा छायांकन गरिने चलचित्रका प्राबिधिक र अन्य कलाकारको चयन केही समयपछि गरिने जानकारी निर्माता जनकले दिनुभयो । जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उहाँलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?