काबुल । तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठूलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो ।
उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने । पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।
मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानुन र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर (३२ माईल) उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच