खोलामा महिलाको शव फेला

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न. १ र ७ को सिमा स्थित नाम्दु खोलामा अर्धवैसे महिलाको शव विहिबार फेला परेको छ ।

फेला पारिएको शव फिदिम नगरपालिका वडा न. ७ रानीटार बस्ने भालु राईको श्रीमती ४८ वर्षिय सिजमाया राईको रहेको प्रहरीले जनाएको छ ।

नाम्दु खोलामा पौडी खेल्न गएका स्थानीयले प्रहरीलाई खवर गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।

फेला पारिएको शव पोष्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुमित कुशवाले जानकारी दिनुभयो ।

सिजमाया वुधबार घरका सदस्यहरुलाई जानकारी नदिई घरबाट हिँडेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?