![अन्नपूर्ण फेदीमा म्याराथन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/annapurna-marathon.jpg)
लण्डन । माउरिसियो पोचेटिनोले लण्डन क्लब चेल्सी छोड्नुभएको छ । अर्जेन्टिनाका प्रशिक्षकको नेतृत्वमा चेल्सीले पहिलो सिजन कमजोर प्रदर्शन गरे पनि लिगको अन्त्यतिर लगातार पाँच जित निकाल्दै युरोपमा स्थान सुरक्षित गरेको थियो । पोचेटिनोसँग थप एक वर्षको सम्झौता थियो ।
तर, उहाँले लामो समयदेखि कोचिङ स्टाफ जिसस पेरेज, मिगुएल डी’अगोस्टिनो, टोनी जिमेनेज र उहाँका छोरा सेबेस्टियानो पोचेटिनोसँगै क्लब छोड्नुभएको हो । द टेलिग्राफका अनुसार टोटनहृयामका पूर्वप्रशिक्षक र चेल्सीका निर्णयकर्ताबीच कुनै विवाद नभएको बताइएको छ । सबै पक्षले आ–आफ्नो तरिकाले जाने समय सही भएको महसुस गरेको बताइएको छ । चेल्सीले पनि आपसी सहमतिमै पोचेटिनोले क्लब छाडेको बताएको छ । ‘चेल्सी एफसी र माउरिसियो पोचेटिनोले आपसी सहमतिमा अलगिने सहमति गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ मुख्य प्रशिक्षक नियुक्त नभएसम्म क्लबले थप कुनै टिप्पणी गर्ने छैन ।’
पोचेटिनो प्रशिक्षक रहँदा चेल्सीले काराबाओ कप फाइनल, एफए कप सेमिफाइनलमा स्थान बनाएको थियो । तर, प्रिमियर लिगमा चेल्सी छैटौँ स्थानमा सीमित रहृयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच