-इन्द्रबहादुर शाक्य
हाम्रो देशका चाड पर्वहरु धेरैजसो तिथिबाट चल्ने भएकोले यसपालिको वैशाख पूर्णिमा पनि जेष्ठ महिनाको १० गते पर्न आएको छ । यो पूर्णिमालाई बुद्ध पूर्णिमा पनि भन्दछन् ।
वैशाख पूर्णिमाको किन महत्व छ ?
वैशाख पूर्णिमाका कारण संसारका देशहरुले नेपाल राष्ट्रको नाम लिन्छन् । यसरी किन नेपालको नाम लिन्छन् भन्नेबारे सोचौँ । यस बारेमा संक्षेपमा विचार विमर्श गरौँ । यस पूर्णिमाको दिनमा पृथ्वीमा शान्तिको नारा दिने एक बालक जन्मनुभएको थियो । त्यो बालक कहाँ जन्मनुभएको अथवा कुन देशमा जन्मनुभएको हो ? त्यसबारे विचार गरौँ ।
उक्त बालक एशिया महाद्वीपभित्र नेपालको पश्चिम तराई भूभागस्थित लुम्बिनीमा जन्मनुभएको थियो । ती बालक कुन कुलमा कुन जातिमा जन्मनुभयो भन्नेबारे अध्ययन गर्दा शाक्य वंशको कुलमा जन्मनुभएको थियो । ती बालक अन्त्यमा नेपालका छोरा हुनपुगे । त्यसताका नेपालको कपिलवस्तु राज्यमा शाक्य वंशले राज्य चलाइरहेका थिए । त्यो शासन कालमा सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी श्रीमती मायादेवीको कोखबाट जन्मनुभएको थियो । महारानी मायादेवीको गर्भ रहेको बेला माइत जाने रहर भयो र राजासँग रानीले परामर्श गरी अनुमती लिई गर्भवती रानी भारदार र सुसारे सबै लिएर माइतको लागि देवदह जानुभएको थियो ।
कपिलवस्तुको दरबारबाट महारानी बग्गीमा बसी देवदह माइतीमा आमाबुवाको घर देवदहका राजा कोलिया वंशका अञ्जन शाक्य (मायादेवीको बुवा) र आमा सुलकशना शाक्यकहाँ जाँदै गरेको बेला, बाटो लामो र गर्मीको समय वैशाख महिना थियो । उहाँ वैशाख पूर्णिमाभन्दा एक दिनअगाडि लुम्बिनीमा पुग्नुभएको थियो । गर्मी महिना भएको हुनाले मायादेवीले विचार गर्नुभयो कि एकछिन भए पनि यो लुम्बिनी बगैँचामा आराम गर्ने विचार गरी सबैसँग सल्लाह गरी, त्यहीँ आराम गरी बस्नुभयो । अति गर्मी भएकोले लुम्बिनीमा भएको पोखरीमा नुहाउने विचार गर्नुभयो । दिउँसोको समय थियो । रानी मायादेवीले लुम्बिनीमा भएको पोखरीमा पनि नुहाउनु भएको थियो । नुहाएर आएपछि आराम गरेर नास्ता गर्नुभयो ।
त्यहाँ बसी रहँदा रानी मायादेवीको शरीर भारी भएको जस्तो उहाँलाई अनुभूति भयो र हिँड्ने डुल्ने मन भएन । त्यही लुम्बिनी वनमा नै वास बसी, सबै सुसारेबाट उहाँलाई हेरविचार भयो । रात प¥यो तर रानीलाई चैन भएन । पेट दुख्नथाल्यो, गर्भमा भएको रानीको बच्चा पाउने पनि समय भएको थियो । दिनगन्तीले पनि बच्चा जन्माउने महिना भइसकेको थियो । बच्चा पाउने महिना भइसकेकोले भारी पेट दुखिरहृयो । बालकको जन्म हुनुअघि त्यही रातमा चन्द्रमाले दिव्य उज्यालो किरण दिइरहेको थियो । बिहानीपखको अवस्थामा रानी मायादेवीले उठी एउटा रुखको हाँगा समातेर एउटा बालक जन्माउनुभयो । त्यो बालकले आमाको कोखबाट बाहिर आउने बित्तिकै सात पाइला टेकेको र दायाँ हात माथि उठाएर एउटा औँला उठाएको थियो ।
तेजिलो बालक देखेर सबै सुसारेहरु चकित भए । बिहानीपख सिरसिर हावा चलेको, चराचुरुंगीको चिरबिर कराइराखेको, रुखामा भएको फूल वर्षा भएको र पूmलहरु पनि मुस्काइरहेको यो दृष्य देखेर सबै खुसी भए र तुरुन्त राजालाई पनि खबर गरे । साथै माइतीतिर पनि खबर पठाए । यो बालकको जन्म भएको अहिले २६४८ वर्ष भयो । यस्तो खबर सुनेर कपिलवस्तुका राजा शुद्धोधन अति खुसी भए । सबैलाई बोलाएर रानीलाई दरबार ल्याउन हुकुम जारी गरियो ।
लुम्बिनी वनबाट रानी मायादेवी, बच्चासहित कपिलवस्तु दरबारमा सवारी भयो । केही दिनमा नै राजाले पुरोहितसँग परामर्श गरी उक्त बालक (छोरा) को नामकरण गरियो । बालकको नाम सिद्धार्थ गौतम राख्नुभयो । साथै दिव्य ऋषिहरुबाट भविष्य वाणी पनि गरियो । यो बालक संसारमा ठूलो मानिस हुन्छ भनेर राजालाई बताइयो । रानी मायादेवी दरबार आएपछि रानी धेरै विरामी भइन् । छोरालाई जन्मदिएको ७ दिनमा नै रानीले प्राण त्याग गर्नुभएको थियो । छोरा सिद्धार्थले आमाबाट प्राप्त हुनुपर्ने मायाममता र बात्सल्य पाएनन् । नेपालको छोरा सिद्धार्थ गौतमले जन्मने बित्तिकै औँला उठाएका थिए । त्यस बालक (सिद्धार्थ) ले औँला उठाउनुको कारण के होला ?
१) संसारमा शान्तिको प्रकाश (शब्द) दिने पहिलो व्यक्ति म हुँ भनी एउटा औँला उठाएको हो ।
२) संसारमा राम्रो ज्ञान बुद्धि प्राप्त गर्ने पहिलो व्यक्ति म सिद्धार्थ गौतम हुँ ।
३) यस भूगोल (संसार) को नायक नै म हुँ ।
४) संसारमा बौद्ध धर्म स्थापना गर्ने पहिलो व्यक्ति म हुँ ।
५) यो पृथ्वीमा नेपाल राष्ट्रको नाम अगाडि ल्याउने पहिलो व्यक्ति म हुँ ।
उहाँले दरबारमा शिक्षा ज्ञान लिएको र घर गृहस्थी जीवन बिताएर पछि ज्ञानको खोजीका लागि दरबार त्याग गरेर जानुभएको थियो । जंगलमा गएर बोधिवृक्षको रुखमुनि बसेर ध्यान गरी बोधी ज्ञान र बुद्धि प्राप्त गर्नुभएको थियो । उहाँले वैशाखपूर्णिमाको दिनमा बुद्धत्व प्राप्त गर्नुभयो । यो प्राप्त गरेको २६१३ वर्ष भयो । आपूmसँग भएको विद्या अरुलाई दिनुभयो । बुद्धत्व प्राप्त भएपछि सिद्धार्थ गौतमलाई सिद्धार्थ गौतम बुद्ध पनि नामकरण गरियो । छोटकरीमा उहाँलाई गौतम बुद्ध पनि भनिन्छ । उहाँ ८० वर्षको उमेरमा वैशाख पूर्णिमाको दिनमा महापरिनिर्वाण हुनुभयो । उहाँ निवार्ण हुनुभएको २५६८ वर्ष भयो । बुद्धत्व प्राप्त भएपछि बुद्धले सब प्राणीहरुको सुख, शान्ति र मुक्तिका लागि बोधिज्ञानको उपदेश दिनुभएको थियो ।
वैशाख पूर्णिमाको दिनमा सिद्धार्थको जन्म भएको थियो भने त्यही वैशाख पूर्णिमाको दिनमा बोधि ज्ञान प्राप्त अथवा बुद्धत्व प्राप्त भएको र त्यही वैशाख पूर्णिमाको दिनमा सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाण भएको दिन थियो । जन्म, बुद्धत्व प्राप्त गरेको र निर्वाण भएको तीन (३) संयोग नै वैशाख पूर्णिमा हो । त्यसैले वैशाख पूर्णिमाको ठूलो महत्व रहन गएको हो ।
यदि नेपालमा बुद्ध नजन्मेका भए नेपाल राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुनसक्थ्यो ? सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको कारण नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा व्यापक भएको अथवा फैलिएको हो । हिंसा गर्नु हुँदैन, अहिंसामा बस्नुपर्दछ । ध्यान भावना गर्नुपर्दछ भनेर संसारमा ध्यान भावना नेपालको छोराले विश्व सामु ज्ञानको रुपमा दिनुभएको थियो । नेपालमा गौतम बुद्ध जन्मनु भएको कारण विदेशीहरु बुद्धको जन्मस्थल हेर्न प्रत्येक वर्ष धेरै संख्यामा नेपालको भ्रमणमा आउँदछन् । यसबाट देशलाई विदेशीमुद्रा आर्जन भएको छ । सिद्धार्थ गौतम जन्मेको स्थान लुम्बिनी अहिले अन्तर्राष्ट्रिय तीर्थस्थल घोषणा भएको छ ।
बुद्धको जन्म बुद्धत्व लाभ र परिनिर्वाण भएको पवित्र वैशाख पूर्णिमाको दिन भएकोले पनि विदा दिएको छ । यो नेपाल राष्ट्र र नेपाली जनताको लागि गौरवको विषय हो । यो अन्तर्राष्ट्रिय तीर्थस्थलमा सबै राष्ट्रले बुद्धको मन्दिर र त्यहाँका कलाकृतिले विहार तयार गरिदिएकोले नेपाललाई फाइदा भएको छ । बुद्ध जन्मनु भएको देशको कलाकृति पनि संसारभरि नै प्रख्यात छन् ।
संसारमा कहिँ नभएको कलाकृति बुद्ध जन्मनुभएको देशमा छ भनेर विश्वमा प्रख्यात रहेको छ । हुन पनि हो हामीकहाँ मन्दिरहरु छाना राखेको, सुनको छाना हालेको मन्दिर, काठको मन्दिर, ढुंगाको मन्दिर, चैत्य र लामो रथजात्रा संसारमा कहिँ पनि नभएको नेपाल राष्ट्रमा मात्र पाइन्छ जसलाई हेर्न धेरै विदेशी आउँदछन् । यसबाट नेपाललाई धेरै फाइदा छ । यसरी नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने व्यक्ति सिद्धार्थ गौतम बुद्ध नै हुन् ।
बुद्धको जन्मदिन भव्य रुपमा मनाउनु सबै नेपालीको कर्तव्यमा पर्छ । यस पावन दिनलाई सारा संसारले एकछिन भए पनि बुद्ध जन्मेको देश भनेर नेपाललाई सम्झने गर्छन् । यो नै नेपालीहरुको गौरव हो । विश्वमा नेपालको मानसम्मान उच्च राख्ने महान् व्यक्ति शाक्य वंशका छोरा सिद्धार्थ गौतम बुद्ध हुन् । नेपालको नाम उच्च स्थानमा पु¥याउने व्यक्ति नै बुद्ध हुन् । यो ध्रुवसत्य कुरा हो । संसारले यसलाई मान्यता दिएको छ । बुद्धको जन्मदिन मनाउनमा हिचकिचाउनु हुँदैन । बुद्ध जन्मेको २६४८ वर्ष भयो । नेपालले राष्ट्रिय सम्वत्का रुपमा बुद्ध सम्बतलाई मान्नुपर्दछ । सारा नेपालीले यस सम्वतलाई नै राष्ट्र सम्वत भनेर मनाउँनु पर्दछ ।
साधुवाद: । राष्ट्रिय सम्बत २६४८ औं बुद्ध जन्म सम्वत ।। २५६८ औं बुद्ध जयन्तीको अवसरमा विश्वका सर्वसत्व प्राणीहरुको सुस्वास्थ्य, सुख तथा शान्तिका लागि हार्दिक शुभकामना ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच