मञ्जु मैनाली/हिटा
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको संयोजन तथा बागमती प्रदेश महिला उद्यमी विकास समिति, उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय हेटौंडाको आयोजनामा दुइ दिने महिला उद्यमी सम्मेलन सुरु भएको हो ।
आइतबार नेपाल वाणिज्य महासंघ वागमती प्रदेश सचिव राजेन्द्र केसीको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मेलन उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले महिला उद्यमशीलताको सन्दर्भमा विगत लामो समयदेखि सरकारले लगानी गरेको स्मरण गर्दै स्थानीय, प्रदेश तथा संघीय सरकारले महिला शसक्क्तीकरणको क्षेत्रमा गरेको लगानी प्रतिफलयुक्त भए नभएकोबारे समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । महिलालाई उद्यमी बन्नका लागि पैतृक सम्पत्ति र आर्थिक स्रोत नहुने हुँदा समस्या हुने गरेको बताउँदै मन्त्री मुक्तानले अत्याधिक संघर्षका बाबजुद हार्न भने छुट नभएको बताउनुभयो ।
सरकारले दिएको अनुदानलाई व्यवस्थापन गर्न हैरानी छ भन्ने महिला उद्यमीको गुनासोलाई समाधान गर्न अभिमुखीकरण आवश्यक रहेको मन्त्री मोक्तानको भनाइ थियो । हालसम्म महिलाले चलाएको कुनै पनि कार्य वैइमानीको नभएको भन्दै मन्त्री मुक्तानले कुनै पनि महिला अख्तियार धाउनुपरेको नसुनिएको बताउनुभयो । सम्मेलनमा १३ वटै जिल्लाका २८ उद्योग बाणिज्य संघका उद्यमी महिलाहरूको हातले बनाएका विभिन्न सामाग्री प्रदर्शनमा राखिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामा, महिला उद्यमी समिति बागमती प्रदेश कार्यकारी सदस्य गीता अमात्य, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल सम्मेलनको कार्यक्रम संयोजक मेनुका श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच