![बेलुकाको खाना किन चाँडै खाने ?](https://ehimalayatimes.com/wp-content/uploads/2022/11/roti-rice-food-hita.jpg)
काठमाडौं । विद्यालय खेलकुदको विकास र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यसहित ललितपुरको सानेपास्थित रेडियण्ट रिडर्स एकेडेमी र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)बीच शुक्रबार सम्झौता भएको छ ।
रेडियण्टका संस्थापक प्रिन्सिपल डिके ढुंगाना र एनएसएसएफका महासचिवसमेत रहनुभएका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ)का कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयोे । सम्झौतासँगै रेडिअण्टले आइएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।
सम्झौता अनुसार रेडियण्टलाई आइएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने, आइएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफमार्फत सिधै सहभागी हुन पाउने, आइएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झण्डा र लोगो प्रयोग गर्न पाउने, आइएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ)को साधारणसभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधिलाई प्रवद्र्धनमा क्रियाशील हुने पर्नेलगायत विषयवस्तु समावेश छन् । सम्झौता बढी तीन वर्षसम्म कायम रहनेछ ।
सम्झौतापछि महासचिव कार्कीले आइएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाण पत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गर्नुभएको थियो । संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भए पनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासंग रेडियण्ट पहिलोपटक आबद्ध भएको जानकारी गराउनुभयो ।
उहाँले रेडियण्टले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रमुख माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताउँदै एनएसएस मार्फत आइएसएरसँग जोडिन पाउँदा खुशी व्यक्त गर्नुभयो । महासचिव कार्कीले एनएसएसएफसँग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिँदै आबद्धताले खेलकुदका अलावा आइसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच