बारा । वर्तमान समयमा विभिन्न बहानामा मिडिया हाउसमाथि नै प्रहार हुँदै आएको नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठले बताउनु भएको छ ।
मिडीया हाउस नै नभए पत्रकारिताको अर्थ के ? के का लागि पत्रकारिता गर्ने ? पत्रकारिता जगतको नामो निसान नै समाप्त हुने उहाँले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन बाराले नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा बाराको सदरमुकाम कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको “वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती विषयेक” अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले सोमबार सम्बोधन गर्दै वर्तमान अवस्थामा राज्य र संवैधानिक निकायका अंगहरु नै मिडियालाई धरासायी बनाउनेतर्फ उन्मुख रहेको आरोप लगाउनुभयो ।
‘केही समय यता राज्य र राज्यका अंगहरु विनाकारण मिडिया हाउस र मिडियामा काम गर्ने कलमजिवि पत्रकारहरुलाई दुःख दिने गरेका छन्, उहाँले भन्नुभयो,‘पत्रकारिता जगत नेपालमा दिनानुद्दिन असुरक्षित बन्दै गएकोछ । विभिन्न बहानामा पत्रकार तथा मिडिया हासउसलाई बदनाम गर्ने, मुद्दा मामिलाको जालझेलमा फसाउने काम सरकारबाट हुर्दै आएको छ । राज्यको चौथो अंग भनेर सम्मान पाएका मिडिया नै अहिले सबैभन्दा कमजोर र राज्य आतंकको शिकार भएको अवस्था छ ।’ स्वच्छ र निष्पक्ष रुपमा कलम चलाउने वातावरण समेत वर्तमान सरकारले बनाउन नसकेको उहाँले आरोप लगाउनुभयो ।
वर्तमान समयमा वामपन्थीहरुले प्रजातान्त्रिक विचारधारालाई समाप्त पार्ने खेलमा लागेको नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेश रिजालले बताउनुभयो ।
वर्तमान समयमा वामपन्थीहरु मिलेर प्रजातान्त्रिक विचारधारा बोक्ने सबैलाई समाप्त पारि तानाशाही राज्यको निर्माणमा अग्रसर रहेका छन्,‘ उहाँले भन्नुभयो,‘गणतन्त्रको सबैभन्दा बलियो पिलर भनेकै मिडिया हुन र वामपन्थीहरुले त्यही पिलर माथि पटक पटक प्रहार गर्ने गरेका छन् ।’ अब सबै प्रजातान्त्रिक विचारधारामा विश्वास राख्नेहरु एक हुने समय आएको र यसपालीको महासंघको चुनावमा प्रजातान्त्रिक विचारधारा बोक्ने नेपाल प्रेस युनियनलाई नेतृत्वको जिम्मा दिनु पर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियन बारा शाखाका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, उपाध्यक्ष राकेश पाण्डेय, सचिव जयनारायण यादव, नेपाल प्रेस युनियन बारा शाखाका पूर्व अध्यक्ष रविन्द्र सिह, अग्रज पत्रकार सुजित अर्याल लगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बारा शाखाका सचिव राजेश कुशवाहाले गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच