काठमाडौं । आगामी आर्थिक वर्षको बजेट घोषणासँगै निरन्तर ओरालो लागेको सेयर बजार पछिल्लो साता ६१.९६ अंकले घटेर २०६९.५३ बिन्दुमा झरेको छ । चार दिनमात्रै कारोबार भएकोमा तीन दिन नेप्से घटेको थियो तर सोमबार भने बढेको थियो । आइतबार २२.१४ अंकले घटेकोमा सोमबार ३.८९ अंकले बढेको हो । बुधबार २३.८१ र बिहीबार १९.८९ अंकले घटेको थियो । नेप्से घटे पनि साताभर १७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार चार अर्ब ४२ करोड, सोमबार तीन अर्ब ८७ करोड, बुधबार चार अर्ब ५१ करोड र बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । गत सातामा ३३ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।
साताभर अधिकांश समूहको सेयर मूल्य घटेको हो । आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक २३.१३ प्रतिशतले घटेर चार सय ३६ रुपैयाँ ६० पैसामा झरेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था १३.७६ प्रतिशत घटेर ११ सय १५ रुपैयाँ ९० पैसामा झरेको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको पनि १२.७८ प्रतिशत घटेर छ सय ८९ रुपैयाँमा झरेको छ । उन्नति सहकार्य लघुवित्त १२.७८ प्रतिशतले घटेर १९ सय ३६ रुपैयाँ ३० पैसामा झरेको छ भने महुली लघुवित्त पनि १२.०८ प्रतिशतले घटेर १२ सय आठ रुपैयाँमा झरेको छ । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ११.९२ प्रतिशतले घटेर पाँच सय ९१ रुपैयाँमा झरेको छ भने विन नेपाल वित्तीय संस्था ११.५३ प्रतिशतले घटेर १३ सय ६६ रुपैयाँमा झरेको छ ।
त्यस्तै, इन्फिनिटी लघुवित्त ११.४४ प्रतिशतले घटेर १३ सय नौ रुपैयाँ ८० पैसामा झरेको छ भने एनआइसी एसिया बैंके १० प्रतिशतले घटेर चार सय सात रुपैयाँ ६० पैसा, साधना लघुवित्त ९.२५ प्रतिशतले घटेर आठ सय ८७ रुपैयाँ ५० पैसामा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच