विवेकशील साझा पार्टीको प्रवक्ताबाट शरदराज पाठकको राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्गप्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको बिहीबार उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता हुनुहुन्थ्यो । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उहाँलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । पाठकले केन्द्रीय समितिसमक्ष राजीनामा पत्र पेश गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?