![न्युरोडको फुटपाथ विस्तार किचलो](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Pavement-extension-of-New-Road-is-dense-fornt-page.jpg)
नेपालको राजनीतिमा इमानदारीताको खडेरी छ । अनियमिता नभएको कुनै क्षेत्र नै छैन । राजनीति वास्तवमा इमानदारहरूले गर्ने काम हो तर यसो भन्नु भनेको हालका दिनहरूमा राजनीतिज्ञहरूबाट हुने गरेको व्यवहारहरूका कारणविपरीत धारणा जस्तो देखिने गर्छ । हाल सबैभन्दा बढी चर्चामा भएको विषय हो संसदीय छानविन समिति । कतै कसैले पनि अनियमिता नगरेको भए यस्तो माग गर्नेले पनि मागको लागि विषय पाउँदैनथे । कतै न कतै कुनै गलत मनसाय राखी बद्नियतपूर्ण काम भएका छन् र नै एक थरिले यसको छानविन गर्नुपर्छ भनेर आवाज उठाइरहेका छन् र अर्को थरि आफूले गरेको अनियमितताको छानविन होला र आफू दोषी करार हुनुपर्ला कि भनेर त्यस्ता मागको प्रतिवादमा उत्रिनु परेको हो ।
अनियमितता गरेर सार्वजनिक पद धारण गर्न पुगेका केही सीमित व्यक्तिहरूका लागि यस्तो माग भएको भए तापनि सार्वजनिक पद धारण नगरेको तर जनस्तरमा करोडौंको आर्थिक अपचलन, अनियमितता र ठगीका मुद्दाहरूमा जनप्रतिनिधिहरूको माग केन्द्रित हुनै सकिरहेको हुँदैन । विभिन्न ठाउँमा सहकारीहरूमा बचतकर्ताको रकम ठगी गरेर आपूm त्यस्तो पैसा विभिन्न व्यापार व्यवसायमा लगानी गर्दै आर्जन गर्दै गरिरहेका व्यक्तिहरूको संख्याको पनि कमी छैन । त्यस्ता टाठाबाठाहरूको जीवनस्तर बाहिर हेर्दा विलासपूर्ण छ । त्यही प्रभावले गर्दा तिनका विरुद्धमा उजुर नपर्ने वा उजुर परेर पनि छानबिन नहुने जस्ता कार्य भइरहेका हुन्छन् । तिनीहरूलाई छानविनको दायरामा ल्याइयो भने पनि छानविन गर्ने निकायहरूलाई समेत तिनले प्रभाव पार्न सक्छन् र पारिरहेका पनि छन् ।
हाल रवि लामिछानेविरुद्ध सहकारी ठगीको छानविन गर्न प्रतिपक्षले गरेको माग अनुसार छानविन समिति त बनाइएको छ तर त्यसमा रहेका व्यक्ति र नियतका कारण उक्त समितिले निष्पक्ष भएर छानविन गर्ने कुरा निसन्देश छैन । गरिबी, दोषपूर्ण दृष्टिकोण, कानुनको फित्तलो कार्यान्वयन लगायतका हाम्रा विभिन्न कमजोरीहरूले गर्दा हाम्रोमा अन्यत्रभन्दा बढी नै यस्ता कार्य भइरहेका छन् । पश्चिमा देशहरूमा यस्ता कार्य कम हुन्छन् । इस्लामिक राष्ट्रहरूमा कानुन कडा हुन्छ । त्यसैले पनि अनियमिताहरू कम हुन्छन् । हाम्रो देशलगायत दक्षिण एशियाली राष्ट्रहरूमा यस्ता भ्रष्टाचारजन्य कार्यहरूको संख्या बढी हुने गरेको छ । सत्तामा पुग्नु भनेको भ्रष्टाचार र अनियमितताका लागि लाइसेन्स प्राप्त गर्नुजस्तै हो भन्ने देखिँदै आएको छ ।
वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको छ भनेर प्रतिपक्षमा रहेका दलहरूले यसको छानविन गर्नका लागि संसदीय छानविन समिति बनाउनुपर्छ भन्ने माग लामो समयसम्म गरे । सत्तागठबन्धनले यसको बेवास्ता गरिरहृयो तर जब प्रतिपक्षले कुनै पनि हालतमा आफ्नो अडान नछोड्ने भएपछि सत्तापक्ष यसका लागि तयार भएको छ । दुवै पक्ष देश र जनताका लागि सोच्नेभन्दा पनि आ-आफ्नो प्रतिष्ठाको लडाइँ लडिरहेका छन् र कसरी आफ्नो दुनो सोझिन्छ त्यसैमात्र गरिरहेका छन् । नेपालको वर्तमान राजनीति साझा समस्याहरूमा सहमति गरेर जाने ढंगले अगाडि बढिरहेको छैन एकले अर्कालाई लाञ्छित गर्ने, अरूका छिद्र खोज्ने, आफ्नो कमजोरी लुकाउने र प्रतिकार गर्ने शैलीमा अगाडि बढिरहेको छ ।
एक पक्षको विरुद्धको अभियोगको फायल खोल्ने कुरा अर्को पक्षले गर्यो भने अर्को पक्षलाई पनि तेरो फलानो प्रकरणको संलग्नताको फायल पनि खोल्छु भनेर त्रास देखाउने गरिन्छ । सबैको कतै न कतै संलग्नता रहने गरेको कारण यस्तो अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबै तैँ चुप मै चुपको अवस्थामा रहेर कसैका विरुद्धका कुनै पनि फायलहरू खुल्दैनन् । हालका दिनहरूमा पनि यस्तै भइरहेको छ । कुनै अभियोगीका विरुद्धको कुनै संलग्नताको फायल खोलेर कारबाही गरेको जस्तो देखिए पनि त्यो क्षणिक हुन्छ । विस्तारै उसको अभियोग कमजोर बन्दै जान्छ । गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसप्रति लाञ्छित गर्ने गरी दिएको अभिव्यक्तिको जवाफ नेपाली कांग्रेसले प्राधानमन्त्रीसँग माग गरेको छ ।
उच्च पदमा आसीन व्यक्तिहरूमै शालीन र धैर्य प्रवृत्तिको कमी देखिएको छ । तल्लो स्तरमा उत्रिएर अर्को पक्षलाई अपमानित हुनेगरी गालीगलौज गर्ने प्रवृत्ति उच्चपदासीनहरूमा समेत देखिएको छ जुन अन्तत्वगत्वा उहाँहरूका लागि मात्र होइन सबैका लागि घातक हुनजान्छ । माग गरिएका विषयहरू उचित हुन् कि होइनन् त्यसको निर्धारण गर्नसक्ने सामथ्र्य सरकारमा बस्नेहरूमा हुनुपर्छ । यदि त्यस्ता मागहरू उचित हुन् भने तिनको यथाशीघ्र सुनुवाइ हुनुपर्छ र माग गर्ने पक्षका माग पूरा गरिदिनुपर्छ । माग गर्ने पक्षहरूले पनि मागका लागि माग तेस्र्याएर सरकारलाई काममा बाधा व्यवधान खडा गरिरहनु हुँदैन । राजनीतिलाई मर्यादित बनाउने जिम्मेवारी दुवै पक्षमा छ ।
राजनीति गर्नु भनेको समाजसेवा गर्नका लागि हो भन्ने भावना सायदै कोही राजनीतिज्ञमा होला । जोगी हुन राजनीति गरेको होइन भन्ने कहावत त नेपाली राजनीतिमा स्थापित भइसकेकै छ । त्यसैले यताबाट फाइँदा हुने भए यतै र त्यताबाट फाइदा हुने भए त्यतै लाग्ने सोचका साथ दोहोरो टेकनी लगाइरहेका राजनीतिज्ञहरूको स्पष्ट अडान र कार्यादेश नभएकाले गर्ला पनि नेपाली राजनीति विचलित बनिरहेको छ । देशको राजनीति मर्यादित भयो भनेमात्र जनता मार्यादित बन्छन् र देश मर्यादित बन्छ । यसका लागि सबैको भूमिका बराबरी छ भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच