काठमाडौं । स्याङ्जा २ मा गठबन्धनबाट उम्मेदवार हुनु भएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ ।
७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा गुरुङले पाँच हजार भन्दा बढी मतको अग्रता लिनु भएसँगै उहाँको जित निश्चित भएको हो ।
२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि कांग्रेसकाे विजय जुलुस समेत शुरु भएको छ ।
गुरुङले ३० हजार ९६८ मत पाउनु भएको छ भने नेकपा एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाउनु भएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाउनु भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको