उदयपुर । उदयपुरको त्रियुना नगरपालिका वडा नं १ स्थित फुलजोरमा टिफर र मोटरसाइकल ठोक्किँदा दूई जनाको मृत्यु भएको छ । मंगलबार बिहान मदनभण्डारी लोकमार्ग हुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर जुझ्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान ९ः४५ बजेको समयमा मिक्स गिट्टी बोकेर बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०२–००१ ख ८५१४ नम्बरको टिप्परले विपरित दिशातर्फ गईरहेको प्र १–०६–०५२ प ३९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बेलका नगरपालिका १ का ३० वर्षिय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ की ३१ वर्षीया हिरा राईको मृत्यु भएको हो।
उनीहरु दुर्घटना परी गम्भीर घाईते भएको र दुवैको जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा ११:३० बजेतिर अस्पतालका डाक्टरले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक विद्यासुन्दर साहले बताउनु भयो ।
टिप्पर र चालक त्रियुगा नगरपालिका ७ नाम्जेका ३१ वर्षीय भिमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-सरोज निरौला
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच