प्राविधिक गडबडीका कारण अमेरिकाभरका ५४ सय उडान प्रभावित

तस्बिरः सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए । नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् । नोटामले उडान टोलीलाई खतरा, विमानस्थल सुविधाहरूमा परिवर्तन र अन्य आवश्यक जानकारी प्रदान गर्दछ ।

देशभरि सामान्य हवाई यातायात सञ्चालन बिस्तारै सुचारु भएको अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले जनाएको छ । ‘सामान्य हवाई ट्राफिक अपरेसनहरू बिस्तारै अमेरिकाभरि सुचारु हुँदैछन्’, एफएएले ट्विटरमा भन्यो, ‘ग्राउन्ड स्टप हटाइएको छ। हामी प्रारम्भिक समस्याको कारण खोज्न जारी राख्छौं ।’ एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?