
पोर्चुगल । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले फिनल्याण्डविरुद्ध ४-२ को जित निकालेको छ । जोसे एल्भालाडे रंगशालामा मंगलबार राती पोर्चुगललाई जित दिलाउन बु्रनो फर्नान्डेसले दुई तथा रुबेन डियास र डियगो जोटाले समान एक/एक गोल गर्नुभयो ।
फिनल्याण्डका लागि दुवै गोल टिमु पुक्कीले गर्नुभयो । खेलको १६ मिनेटमा डियासको गोलमार्फत् पोर्चुगलले अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी सयमयमा जोटाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
फर्नान्डेसले ५६औँ मिनेटमा टोलीका लागि तेस्रो गोल गर्नुभयो । ७२ र ७६औँ मिनेटमा पुक्कीले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याउनुभएको हो । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-२ को जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच