सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक : डा. शेखर कोइराला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताउनु भएको छ।

आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै कोइरालाले एमालेले किन उच्चस्तरीय संसदीय छानबिन समिति माग्दै छ, त्यो विषयमा कांग्रेसले सोच्न आवश्यक भएको बताउनु भयो ।

उहाँले तस्करी प्रकरणमा हङकङ र चीनलाई समेत गुहमन्त्रीले प्रश्न गर्न नसकेको धारणा राख्नुभयो ।

डा. कोइरालाले सय केजी सुन पक्राउ पर्नु सात दिन अघिमत्र राजस्व अनुसन्धानको डिजी परिवर्ततको सन्दर्भ पनि उठाउँदै उच्च स्तरिय छानविन समितिको आवश्यकता औंलाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस् । ’ त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।

सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदै गरेको उहाँले बताउनु भयो । नेपालमा भित्रिएको टनका टन सुन भारत गइरहेका बताउँदै उहााले योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

साथै उहाँले सुन प्रकरणमा बोलेकै कारण प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप समेत लगाउनु भयो । उहाँले सांसद सुनिल शर्मालाई पक्राउको विषयलाई लिएर यस्तो आरोप लगाउनु भएको हो ।

साथै कोइरालाले प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति दिवसमा जातीय राज्यका दिने विषयमा बोलेको कुरा आपत्तिजनक रहेको समेत बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?