काठमाडौं । बनेपा नगरपालिकामा कर्पोरेट कार्यालय रही नेपालका विभिन्न भौगालिक क्षेत्र ७४ जिल्लाका दुई सय ८९ शाखा कार्यालयमार्फत् एनआइसी एसिया तथा स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा समायोजन भई विगत १० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ । देशका विभिन्न ग्रामीण इलाकामा वित्तीय सेवा पुर्याई ग्रामीण अर्थतन्त्रको विकासमा योगदान पुर्याइरहेको संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमलाई यस आर्थिक वर्ष २०८१/८२ देखि अझ प्रभावकारी बनाउन विशेषगरी न्यून आय भएका महिलालाई लक्षित गरी महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिकका साथै उद्यमशीलता विकास गरी आत्मनिर्भर बनाउने लक्ष्यसाथ योजना बनाई विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
सीप, तालिम, उद्यमशीलता विकास तथा महिला सदस्यको व्यक्तित्व विकास सम्बन्धमा संस्थाको लक्ष्यअनुसार महिला सदस्यलाई देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षक छनोट गरी रोष्टर निर्माण गर्ने कार्य भइरहेको जनाउँदै संस्थाले इच्छुक व्यक्ति, संघ संस्थाले एनआइसी एसिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा तथा सम्पूर्ण शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच