विराटनगर । अरनिकोले नेपाल क्रिकेट फाउण्डेसन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हब अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा साबिक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरी अरनिको स्कुलले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १०७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अभिषेक यादवले २२ रनको योगदान दिनुभयो । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिनुभयो ।
१०८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभर ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । अरनिकोको जितमा म्यान अफ द फाइनल अभिषेक यादवले ५० रन बनाउँदा साजन यादवले १३ रनको योगदान दिनुभयो । सरस्वतीका रोहन मण्डल, निरज यादव र अभिषेक यादवले समान १–१ विकेट लिनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अभिषेक यादव घोषित हुनुभयो भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यु मुनका सहवाज आलम घोषित हुनुभयो ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्वसदस्य सुधिर अर्याल, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । फागुन ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र