✍️ डिपी आत्रेय
मंगल र शनि, बृहस्पति र शुक्र शत्रु ग्रहहरू हुन् । ज्योतिषशास्त्रमा जब कुनै ग्रह शत्रुको घरमा विराजित हुन्छ वा शत्रु ग्रहबाटबाट दृष्ट हुन्छ तब त्यस्तो ग्रहले राम्रो फल दिन सक्दैन, बरू विपरीत प्रकृतिको वा नकारात्मक फल प्रदान गर्दछ । तर, मंगल जब शत्रु शनिको राशी मकरमा विराजित हुन्छ तब त्यो मंगल अपार शक्तिशाली र शुभ फल सन्धाता बन्दछ । त्यसैगरी जब शुक्र शत्रु बृहस्पतिको घर मीन राशीमा विराजित हुन्छ, तब त्यो शुक्रले पनि नकारात्मक होइन, महान् महान् शुभ फलहरू प्रदान गर्दछ । यो स्थिति भनेको ‘शत्रुलाई कदर र सम्मान गर्नु’ हो ।
मानव जीवनमा जब घोर शत्रुले पनि एक महान् आदर्शको भूमिका, विशेषता वा मूल्य र मान्यतालाई अख्तियार गर्दछ, तब त्यस परम शत्रुलाई पनि अत्यन्त प्रीयजन सरह मान, सम्मान र इज्जत गरिन्छ । भक्ति थापा, वीर वलभद्र, अमर सिंह, भीमसेन थापाहरूलाई यही कारणले गर्दा शत्रु अंग्रेजहरूले सम्मान गरेका हुन ।
शत्रु दमन गर्न सेनापती मंगललाई पनि चन्द्रले मात गर्दछ । यसैले युद्धको साइत हेर्दा चन्द्रलाई नै विचार गरिन्छ । कुनै काम अति छिटो गर्नु चन्द्रकै खाशियत हो । शनिजस्तो महाशक्तिशाली र शश योग निर्माता ग्रहलाई एउटा राशिबाट अर्को राशिमा सर्न ३० महिना लाग्दछ ।
आफ्नी पत्नी तारालाई आफ्नै शिष्य चन्द्रले गर्भिणी बनाएर नाजायज सन्तान बुध ग्रहलाई जन्माएर भयंकर पातकतापूर्ण काम गरेका र त्यो गर्भ आफैंले स्वीकार्न देवताहरूमार्फत दबाबसमेत दिएर बृहस्पतिलाई देवताहरूका माझमा एक्लो तुल्याएका थिए । यस्तो कुकृत्यलाई बृहस्पतिले स्तुति गाएर प्रशंसा गर्ने कुरै हुँदैन । यस अर्थमा बृहस्पतिले चन्द्रलाई आफ्नो परम शत्रु ठान्नुपर्ने हो । तर, उनले चन्द्रसँग शत्रुवतः व्यवहार कहिल्यै गरेनन् । बरू आफू सँगसँगै युत हुन आउने चन्द्रको समागमलाई बृहस्पतिले ‘गज केशरी योग’ बनाइदिए । त्यतिमात्र होइन, जब जन्म लग्न कुण्डलीमा चन्द्रबाट गुरु बृहस्पति दश घरको दूरीमा विराजित हुन्छन् तब ती दुई गुरु र चन्द्र मिलेर जातकलाई बहुआयामिक मामिलाहरूमा मालामाल तुल्याइ दिन्छन । आफू त्यही चन्द्रको घर कर्कटमा बृहस्पति उच्चको बनी दिन्छन् ।
त्यस्तो घोर घृणित दुष्कर्म गर्ने चन्द्रलाई गुरु बृहस्पतिले किन यति महान् बनाएका होलान भन्ने मानिसहरूलाई लाग्न सक्छ । चन्द्रले जतिसुकै ठूलो अपराध गरेका भएता पनि उनमा अरू कुनै ग्रहमा नपाइने दुर्लभ शुभ गुणहरू पनि छन् । एउटा हो, चन्द्र सर्वाधिक छिटा, शुभ र शत्रुहन्ता ग्रह हुन् । शत्रु दमन गर्न सेनापती मंगललाई पनि चन्द्रले मात गर्दछ । यसैले युद्धको साइत हेर्दा चन्द्रलाई नै विचार गरिन्छ । कुनै काम अति छिटो गर्नु चन्द्रकै खाशियत हो । शनिजस्तो महाशक्तिशाली र शश योग निर्माता ग्रहलाई एउटा राशिबाट अर्को राशिमा सर्न ३० महिना लाग्दछ । तर, चन्द्रले यो काम फगत दुई दिन ६ घण्टामा सिद्याइदिन्छ । यति छिटो गति पकड्दछ चन्द्रले । यसैले पातकी चन्द्रमाका पनि खुब राम्रा पक्षहरू पनि छन् । यो कुरा गुरु बृहस्पतिले बुझेकाले चन्द्रसँग मित्रवत व्यवहार गर्दछन् ।
चन्द्र र मंगल परस्पर मित्र ग्रहहरू हुन । तर, जब मंगल मित्र चन्द्रको राशी कर्कटमा स्थित हुन्छन, तब मंगल बलवान् हुँदैनन, निच हुन पुग्दछन र पूरा नकारात्मक फलहरू प्रदान गर्दछन । त्यसैगरी जब चन्द्र पनि मित्र मंगलको राशी वृश्चिकमा विराजित हुन पुग्दछन, तब चन्द्र पनि निच हुन पुग्दछन र सक्दो नकारात्मक फलहरू नै प्रदान गर्दछन् । चन्द्र-मंगल युतिको परिणामलाई पनि यसै कारणले गर्दा विश्मयको नजरले हेरिन्छ । यस्तो युति भएको व्यक्तिले अनैतिक कर्म गर्दा चाहिँ उसलाई मालामाल आर्थिक उन्नति हुन पुग्दछ ।
बुध जन्मैले चन्द्रको नाजायज सन्तान हो । यो असाध्यै पिपलपाते र दोगला आचरण (मयगदभि कतबलमबचम) को हुन्छ । यसलाई पित्तल मन पर्छ । तर, नाजायज सन्तान भएकाले उसलाई अर्पण गरिने पित्तलको गोलो प्लेटलाई छोडेर खोटो सिक्का जस्तो पारेरमात्र चढाइने चलन छ । तर यस्तो नाजायज ग्रह यति धेरै भद्र हुन्छ कि उसले बनाउने महापुरुष योग ब्राहृमण वर्गको बन्दछ । बुधले यति शुद्ध काम गर्दछ कि यो आफ्नै घर (६ राशी) मा मात्र उच्चको भएर बस्दछ । आफू उच्चको हुन बुध अरू ग्रहहरू जस्तो अर्काको राशिमा गएर मरिकाटे बस्दैन । ग्रहहरूका उल्लेखित आचरण र विशेषताहरूलाई मानव समुदाय र ज्योतिषीहरूले गहिराइपूर्वक मनन् गर्न आवश्यक छ ।
लेखक : अस्तित्व व्यवस्थापन शास्त्रका अग्रणी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच