काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झाले सर्वाजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
झाले विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले झामाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा तत्कालीन गाविस झाले ७ लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा निकाली सरकारी रकम हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच