काठमाडौं । 'उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ' भन्ने नाराका साथ नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत् प्रदर्शनी सुरु भएको छ । घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको सहकार्य रहेको तीनदिने प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धन तथा बिक्रीका लागि राखिएको छ ।
नागार्जुन नगरपालिका ४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा सुरु भएको प्रदर्शनीको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।
नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योग प्रवद्र्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ स्टल राखिएको घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष सीता कार्कीले जानकारी दिनुभयो । पालिकास्तरमा पहिलोपटक आयोजित प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका प्रमुख मेघनाथ रिजाल, महासंघअन्तर्गत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, घरेलु तथा साना उद्योग संघ, काठमाडौंका उपाध्यक्ष ईश्वरबहादुर गुरुङलगायतको सहभागिता थियो ।
मेला सह-आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ, चन्द्रागिरि नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच