रियलमी ९ को पछिल्लो शृंखला आउँदै

Read Time = 1 min

काठमाडौं । रियलमी ब्रान्डले नेपालमा रियलमी ९ को पछिल्लो थप शृंखला नेपालमा ल्याउने भएको छ । कम्पनीका अनुसार रियलमी ९ आइएओसेल एचएम ६ इमेज सेन्सरसाथ आउने विश्वको पहिलो स्मार्टफोनमध्ये एक हुनेछ, जसले कम प्रकाशमा फोटोमा उल्लेखनीयरूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्छ ।

रियलमी ९ स्नापड्रागन ६८० प्रोसेसरसाथ आउनेछ । जुन ६ एनएम प्रक्रियामा आधारित रहेको छ । मोलाइल फोनमा रहेको १६ एमपी सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिन सकिनेछ ।

त्यस्तै मुटुको गति पत्ता लगाउने इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र डायनामिक ¥याम विस्तार प्रविधि पनि रहेको छ भने ¥याममा पाँच जिबी थप्न सकिन्छ । ७.९९ एमएम स्लिम मोबाइलको तौल एक सय ७८ ग्राममात्रै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?