✍️ जीवनाथ धमला
२००७ सालताका प्रजातन्त्रको बिहानी बोलाउने चेतनाले कवि संवेदनालाई जागृत गराएसँगै आरम्भ भएको आधुनिक नेपाली गद्य कविता लेखनका यात्राले झण्डै आठ दशक लामो आरोहण गरिसकेको छ । त्यस यताका अनेकौँ पुस्ताका असंख्य प्रतिभाहरू त्यस सिर्जनारोहण संकल्प यात्रामा हिँडिसकेका छन् । अन्य विधामा भन्दा नेपाली कविता-काव्य जगत बढी समृद्ध रहेको पनि अनुभव हुन्छ । नेपाली कविता-काव्यविधा बढीभन्दा बढी स्रष्टाहरूद्वारा सिर्जित, पालित र पोषितसमेत हुँदै आएको कारणले नै यस विधाको समृद्धि र लोकप्रियतालाई पनि बढी अनुभव गर्न पाइएको हो । भानुभक्त युगदेखि वर्तमानको उत्तर आधुनिक साहित्यको युगसम्म नै कविता-काव्यसिर्जन प्रकाशनको घनत्व सर्वाधिक रहँदै आएको कुरामा दुईमत छैन ।
कविता-काव्यको यसै सुदीर्घ र सघन सिर्जन शृंखलामा अर्का एक प्रतिभाशाली कवि दिपेश पराजुली ‘अस्तित्वको अनुभूति’ शीर्षक कविता संग्रहका साथ उदाएका छन् । स्रष्टाले सतह होइन गहिराइ छाम्न खोज्दछ । कवि दिपेश पराजुली संग्रहभित्रका कविताहरूमा विषयवस्तुगत, भावगत एवं शैलीगत हिसाबले सतहमा नभएर गहिराइतर्फ पौडिन यथेष्ट प्रयासरत भएका देखिन्छन् । उनीभित्रको कवित्व-ऊर्जा चहकिलो र भर्भराउँदो छ । कवि सुन्दर प्राकृतिक क्षितिजभित्र लुकिरहेको सौन्दर्यसँग साक्षात्कार गर्दछन् । प्रकृतिले स्रष्टाबाट अर्थ प्राप्त गर्दछ । प्रकृतिको हृदयलाई स्रष्टाले नै स्पर्श गर्न सक्दछ ।
‘चराहरू आल्हादित उड्छन्
आकाशको माथि-माथि...” (यो साँझ केही भन्दैछ)
प्रकृतिको वर्णनमा स्वच्छन्दता छ । प्रकृति स्वयं आल्हादित छ आफ्नो अस्तित्वमा । मान्छे भने सजीव, सचेत भएर पनि दुःखी छ । कतै मान्छे कृत्रिम अभिनय त बाँचेको छैन ? बाँच्नुको अर्थ भौतिक अस्तित्वमात्र होइन । अन्तर्मनलाई उधा¥यो भने बुझ्न सकिन्छ, मान्छे कर्ताभन्दा बढी अकर्ता हो । कर्ता रहस्यमा छ । कविको आध्यात्मिक चेत बोल्छ :
‘तिमी आफ्ना भावनाहरूको...’ (यो साँझ केही भन्दैछ)
कवि पराजुली सिर्जनामार्फत् आशावादलाई सम्प्रेषण गर्छन् । जीवनयात्रामा विश्राम छैन, गतिशीलता छ । यात्राक्रममा आइपर्ने चुनौती र परिस्थितिका आँधीहुरीद्वारा दृढ लक्ष्यप्राप्तितर्फ हिँडेका पाइलाहरू रोकिन सक्दैनन् । पराजुली कवितामा आशावाद र जीवनवादलाई आहृवान गर्छन् । पितामाताको ममत्व र वात्सल्यताको स्मृति-आद्र्रताको नोस्टाल्जियाले निथ्रुक्क भिजेर चिसिन्छन् कवि पराजुली । उनी यथार्थवादी छन् र जीवनको क्षणभंगुरताप्रति विस्मात गर्दैनन् । ‘अस्तित्वको अनुभूति’ शीर्षक कवितामा कवि दिपेश पराजुली एक बौद्धिक अस्तित्ववादी चेतका साथ आफूलाई प्रस्तुत गर्छन् । मानिस सर्वश्रेष्ठ प्राणी भएको हुँदा उसको चैतन्यऊर्जा अविरल बहिरहन्छ । संसारको रंगमञ्चमा देखिने बाहृय दृश्यहरू केवल क्षणिक सन्तुष्टिका माध्यम मात्र हुन् । ती अल्पायु रहन्छन् । वास्तविक अस्तित्वबोध गर्न मानिसले अन्तःस्करणको यात्रा गर्नुपर्छ । मान्छेभित्र देवत्व र दानवत्व दुवै छ ।
कवि पराजुली सिर्जनामार्फत् आशावादलाई सम्प्रेषण गर्छन् । जीवनयात्रामा विश्राम छैन, गतिशीलता छ । यात्राक्रममा आइपर्ने चुनौती र परिस्थितिका आँधीहुरीद्वारा दृढ लक्ष्यप्राप्तितर्फ हिँडेका पाइलाहरू रोकिन सक्दैनन् । पराजुली कवितामा आशावाद र जीवनवादलाई आहृवान गर्छन् । पितामाताको ममत्व र वात्सल्यताको स्मृति-आद्र्रताको नोस्टाल्जियाले निथ्रुक्क भिजेर चिसिन्छन् कवि पराजुली । उनी यथार्थवादी छन् र जीवनको क्षणभंगुरताप्रति विस्मात गर्दैनन् । ‘अस्तित्वको अनुभूति’ शीर्षक कवितामा कवि दिपेश पराजुली एक बौद्धिक अस्तित्ववादी चेतका साथ आफूलाई प्रस्तुत गर्छन् ।
अन्तः चक्षु उघ्रेपछि मानिसले यस नृत्यशाला रूपी संसारको रमितालाई चिन्न सक्छ । किताबी ज्ञानले मानिसलाई मिथ्था, इष्र्या, अहंकार एवं उद्विग्नताको भासमा खाँदिरहेको छ, वास्तविक ज्ञान त अन्तर चैतन्यको सूक्ष्म ऊर्जाबाट प्राप्त हुन्छ । त्यसलाई थाहा नपाउञ्जेल मानिसले आफूलाई चिन्न सक्दैन । काम, क्रोध, लोभ, मोह आदि दुर्गुणहरूलाई नचिनेसम्म मानिसले आफ्नो अन्तरात्माको दिव्यतालाई पहिल्याउन सक्दैन भन्ने जस्तो सुन्दर दार्शनिक आध्यात्मिक चिन्तनमा कवि विचरण गर्दैछन् :
‘आफ्नै खोजीमा निस्केको म एक मूर्ख ....’ (अस्तित्वको अनुभूति)
यस कवितामा कवि पराजुली आध्यात्मिक ऊर्जाको सीमाहीन प्रवाहशीलतामा बगेका छन् । उनमा आत्मज्ञानका भर्भराउँदा झिल्काहरू प्रज्ज्वलित देखिन्छन् :
‘ब्रहृमाण्डको त्यो कलकल धारा...।’ (अस्तित्व अनुभूति)
कवि पराजुली पराभौतिकवादी जगतमा जीवनको अर्थ पहिल्याउन लालायित छन् । उनी जीवनका अनेक अर्थ र परिभाषाहरूमा डुबुल्की मार्दै, मन्थन गर्दै अन्तत्वगत्वाः यसको सार्वभौम सत्यको मोती टिप्न चाहन्छन् :
‘बोधपूर्वक बाँच्न जाने उत्सव नजाने आजीवन कारावास हो जिन्दगी’ (के हो आखिर जिन्दगी ?)
कवि भौतिकवादले गाँजेको जीवनलाई कारागारको रूपमा देख्दछन् । शास्वत् मूल्यसहित बाँच्नेका लागि जीवन एक उत्सव हो । जीवनका अन्य परिभाषा र बुझाइहरू क्षणिकमात्र हुन् । बन्धनमुक्त भएर वास्तविक जीवन बाँच्न यसको गहिराइलाई मनन वा बोध गर्नैपर्छ । भौतिकभन्दा आध्यात्मिक निष्ठाद्वारा अनुप्राणित जीवन नै वास्तविक जीवन हो भन्ने कुरा कविले महसुस गरेका देखिन्छन् । कविको वृत्ति ईश्वरप्रतिको आस्थाद्वारा परिपोषित देखिन्छ । तर, ईश्वर दृश्यमा नभएर हृदयको अन्तहीन गहिराइमा रहने विश्वास गर्दछन् उनी ।
कविका प्रेमील भावनाहरू कतिपय कवितामा लहराएका छन् । कवि समाजमा साधुको भेष पहिरेका कुटिल जनप्रतिनिधिप्रति तीव्र वितृष्णा पोख्दछन् । उनी आफ्नो उदात्त वाल्यवयी स्वर्णीम आनन्दमय क्षणहरूका स्मृतिमा लपक्क भिज्दै पुनः त्यस निश्छलता र निर्बोधपनमा फर्केर जीवनका कठोरता, शुष्कता रनिरर्थकताबाट मुक्तिको चाहना राख्दछन् । एकपछि अर्को बाल्यस्मृतिका स्वप्नील वागका झुप्पाहरूमा झुत्तिँदै त्यसकै शितल छाहारीमा लुट्पुटिन चाहन्छन् :
‘आफूलाई फेरि ..(फेरि त्यो बालापन जिउन चाहन्छु)
उनको बाल्यस्मृति-चिन्तनमृदुल, सुकोमल र स्वभाविक छ । कवि पराजुलीको बाल्यकालीन स्मृतिको निर्झरमा भिजेर लेखिएको अर्को सुन्दर कविता हो, ‘आमा यो त्यो जादुयी मजेत्रो’ । यसमा कवि आमाको अन्तहीन ममताको आँचलभित्र स्वर्गीय सुख, सुरक्षा र विश्रान्तीको अनुभूतिप्राप्त गरेको स्मरण गर्दछन् । आमाको ममत्व कहिल्यै रित्तिन्न र त सन्तानको शिरमा मातृ ममत्वको निश्छल धारा सर्वदा वर्षिरहन्छ । कवि आमाको मजेत्रोमा मातृस्नेहको छहरा बहिरहेको अनुभूत गर्दछन् :
‘अभावमा पनि बगिरहृयो....
माया आखिर कि सिद्धिन्न ?’ (आमाको त्यो जादुयी मजेत्रो)
कवितामा संसारमा सबै भौतिक प्राप्ति र तृष्णाहरूभन्दा माथि आमाको निर्विकार, निश्छल माया, ममता एवं आत्मीयताको न्यानो रहेको हुन्छ भन्ने सन्देश प्रवाहित भएको छ ।
कवि दिपेश पराजुलीले लेखकीयमा भनेका छन् : ‘जीवनका गहिराभन्दा गहिरा मनोभावहरूलाई शब्दमा उतार्न कविता अन्यन्त सुन्दर माध्यम हो ।’ उनको यो भनाइ वास्तवमा सबै कविहरूद्वारा अनुभूत गरिने अभिव्यक्ति पनि हो । नेपाली बालसाहित्यका सुप्रसिद्ध स्रष्टा पिताजी गोपाल पराजुलीको साहित्य सिर्जन चैतन्य एवं दीक्षा कवि दिपेश पराजुलीद्वारा यथेस्ट मात्रामा वरण गरिएको पनि अनुभव हुन आउँछ ।
अन्तमा कवि दिपेश पराजुली आफ्नो प्रथम कवितासंग्रह ‘अस्तित्वका अनुभूति’ मा स्वःस्फूर्त कवित्वका उद्बोधक, आध्यात्मिक भाव र चिन्तनवृतिका अनुरागी, अस्तित्वबोधी बौद्धिक सामथ्र्यका आरोही एवं जीवनवादी कविका रूपमा उदाएका छन् । उनको कलम सरल र सहज ढंगमा शैलीगत निजत्वलाई कायम राख्दै, गतिशील देखिन्छ । संरचनात्मकता, सम्प्रेषणीयता एवं भाव संयोजनकारितामा अझै केही परिमार्जनको अपेक्षा राख्न भने नसकिने होइन । तथापि कवि पराजुली जुन सहज, मौलिक कवित्वशक्तिका साथ कवितासंग्रहमा स्थापित भएका छन्, त्यो नेपाली कविता जगतका लागि एउटा नयाँ प्राप्ति र ज्यादै खुशीको विषय बनेको छ । उनले आफ्नो कलमलाई अविश्राम गतिशील बनाइरहन सकून् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच