झापा । झापाको धुलाबारी मावि छुट्टाछुट्टै दुई विधामा प्रथम भएको छ । जिल्लाका छुट्टाछुट्टै स्थानमा शनिबार सम्पन्न प्रतियोगितामा सो माविका विद्यार्थी प्रथम हुन सफल भएको विद्यालयले जनाएको छ ।
जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकलामा धुलाबारी माविको छात्रा दिव्या राय प्रथम हुनुभएको छ । 'आर्थिक मितव्ययिता र बचतमा सहकारीको भूमिका' विषयक वक्तृत्वकलामा सहभागी १० विद्यालयका १० प्रतिस्पर्धीलाई पछि पार्दै राय प्रथम भएको शिक्षक शिला खवासले बताउनुभयो ।
कक्षा १० मा अध्ययनरत रायले नगद दुई हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । वक्तृत्वकला ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले आयोजना गरेको हो। यो शिक्षक मात्रै आबद्ध सहकारी हो ।
त्यसैगरी शनिबार नै भएको हाजिरी जवाफ प्रतियोगितामा धुलाबारी माविकै विद्यार्थीद्वय सरोवर अधिकारी र दृष्टि पाठकको जोडी प्रथम भएको छ । उहाँहरुले नगद आठ हजार र प्रमाणपत्र प्राप्त गरेको शिक्षक अर्जुन पराजुलीले बताउनुभयो । अधिकारी र पाठक कक्षा ८ मा अध्यनरत हुनुहुन्छ ।
प्रगतिशील युवा क्लब मेचीनगर १० ले आधारभूत तह स्तरीय हाजीरिजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । विजेता विद्यार्थीलाई मेचीनगर नगरपालिका १० को वडाध्यक्ष नारायण खनालले पुरस्कार र प्रमाणपत्र गर्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच