बालुवाटार पुगेर राप्रपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिीनामा बुझाएको हो ।

राप्रपावाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहनुभएको थियो ।

यता सरकारमा रहेका अर्को ठूलो दल एमालेले भने २५ फागुनसम्म सरकार नछाडने निर्णय लिएको छ ।

आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको हो । ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

सरकारबाट बाहिरिएको रवि लामिछाने नेतृत्वको रास्वपाले भने अहिलेसम्म सरकारलाई दिएको समर्थन बारे केही बोलेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?