काठमाडौं । नेपाल स्क्वास एण्ड राकेट्स संघको आयोजनामा बुधबार(आज)देखि प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप हुने भएको छ । सातदोबाटोस्थित संघको आफ्नै भवनमा रहको स्क्वास कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
प्रतियोगितामा खुला पुरुष/महिला, खुला, ४५ वर्षमाथि उमेर समूहको भेट्रान यू-१७ ब्वाइज/गल्र्स इभेन्टमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा नेपालका शीर्ष वरीयताका सहित कुल ६० खेलाडीको सहभागिता रहनेछ ।
यस प्रतियोगितामा पुरुषतर्फ अरहन्तकेशर सिंहा र महिलातर्फ स्वस्थानी श्रेष्ठलाई नम्बर एक वरीयता प्राप्त छ । गत महिनामात्र घरेलु स्क्वास खेलाडीहरूको वरीयता छुट्याउन पहिलोपटक एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिता भएको थियो ।
अन्य विधामा एनिभर्सरी कपमा प्राप्त स्थानका आधारमा खेलाडीहरूको वरीयता छुट्याइएको छ । नेपाल स्क्वास एण्ड र्याकेट्स संघको वार्षिक क्यालेण्डरमा रहेको हुँदा यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच