शासन व्यवस्थाको विकासमा आज पनि हामी पश्चिमी परम्पराको भरमा चलेका छौं । हाम्रो देशमा आजसम्म चलेको शासन प्रणाली पूर्वको देन हो । यही प्रणालीमा आज संसारको शासन व्यवस्था चलेको छ । पूर्वको शासन परम्पराले तानासाही शासकलाई स्वीकार गरेको देखिँदैन । राजा वेनले शासनमा तानासाही व्यवस्था लाद्न खोज्दा ऋषिहरूले नै उसका शोधन गरेको देखिन्छ । राक्षसहरू तानासाह बने तर तिनको अन्त्य पनि भगवान्का विभिन्न अवतारबाट भएको तथ्यलाई हाम्रा शास्त्रहरूले बताएका छन् । त्यसैले संसारमा प्रयोगमा आएका प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र शासन व्यवस्था पूर्वको शासकीय व्यवस्थाको देन मानिएको छ । उत्तरकोरिया तथा रुसको तानाशाही व्यवस्था भने पूर्वको देन मानिँदैन । यस किसिमका शासन व्यवस्थालाई पूर्वले स्वीकार गरेको छैन ।
महाभारतमा युद्धको समाप्तिपछि युधिष्ठरले भीष्मलाई सोधका छन् । कुनै पनि राज्यका जनताको पहिलो कर्तव्य के हो । कुनै पनि देशको व्यवस्थालाई जीवन्त बनाउन शासनको शासकीय व्यवस्था अनिवार्य हुनुपर्दछ । यदि व्यवस्थामा शासक नै कमजोर भयो भने देशको अवस्था काम नलाग्ने हुने तथ्यलाई भीष्मले युधिष्ठिरलाई बताएका छन् । शासक नभए देशमा अराजकता सिर्जना हुनसक्ने तथ्यलाई उनले बताएका छन् ।
पहिलो कर्म
वाणको शैय्यामा सुतेका भीष्मलाई जनताको पहिलो कर्तव्यका बारेमा प्रश्न गर्दा उनले भनेका छन्
राष्ट्रस्यैतत् कृत्यतमं राज्ञ एवाभिषेचनम्
अनिन्द्रमबलं राष्ट्र दस्यवोद्रभिभवन्त्युत ।।
जनताको पहिलो कर्तव्य नै योग्य तथा क्षमतावान् प्रमुख शासकको चयन गर्नु हो । शासक गतिलो भएन भने देशमा नै अराजक अवस्था सिर्जना हुने तथ्यलाई यहाँ उल्लेख गरिएको छ ।जनताको पहिलो कर्तव्यलाई बाहिर ल्याउने सन्दर्भमा असल र विश्वासिलो प्रधान सेवकको चयन गर्नु हो । प्रधान सेवकको चयन महाभारतले जनताको जिम्मा लगाएको देखिन्छ । शासकले आफ्नो शासकीय परम्परालाई गतिलो बनाउन जनताको सहयोग लिनुपर्ने तर्कलाई भीष्मले यहाँ उल्लेख गरेका छन् ।
जनताको सहयोगबाट प्रधान शासक बनेको व्यक्ति शासन गर्नमा निपुण हुनु आवश्यक छ । सबैसित ओठमा मुस्कान छरेर कुरा गरोस् जनताले केही कुरा सोधे भने मधुर वाणीबाट त्यसको उत्तर दिन सकोस् । यो प्रधान सेवकको मूल कर्तव्य मानिएको छ ।
शासक ल्याउनु पहिलो कर्तव्य हो जनताको । शासकका कामलाई व्यवस्थित बनाउनु पनि जनताको काम मानिएको छ । शासकको व्यवहार र जनताप्रति उसको कर्तव्यका माध्यमबाट नै शासकीय प्रणाली गतिशील बनेको हुन्छ । प्रधान शासकका व्यवहारका सम्बन्धमा महाभारत भन्छ :
गोप्ता तस्माद् दुराधर्षः स्मितपूर्वाभिभाषिता
आभााषितश्च मधुरं प्रत्याभाषेत मानवान् ।।
जनताको सहयोगबाट प्रधान शासक बनेको व्यक्ति शासन गर्नमा निपुण हुनु आवश्यक छ । सबैसित ओठमा मुस्कान छरेर कुरा गरोस् जनताले केही कुरा सोधे भने मधुर वाणीबाट त्यसको उत्तर दिन सकोस् । यो प्रधान सेवकको मूल कर्तव्य मानिएको छ । शासन व्यवस्थाको पहिलो शासक नै जनताको अभिमतबाट आउने तर्कलाई उल्लेख गरिएकोे छ महाभारतमा । यो महाभारतको शासकीय पद्यतिप्रतिको विश्वासमात्र होइन शासन व्यवस्थामा शासकको कस्तो अवस्थामा रहनुपर्दछ भन्ने सन्देश पनि हो । यही सन्देश दिएका छन् हाम्रा प्राच्य शासकीय व्यवस्थामा पनि । शासक चुन्ने व्यवस्था जनतालाई हिजो पनि थियो आज पनि छ । शासकले देशलाई व्यवस्थित तरिकाले चलाउन सकेन भने शासकबाट गलहत्याउने जिम्मेवारी पनि जनतालाई नै दिएको देखिन्छ ।
महाभारत, रामायण आदिमा स्थापना गरिएका व्यक्तिलाई शासकका रूपमा खोज्नु हाम्रो मुर्खता मानिनेछ आजको लागि । शासन त हामीले लिएर आएको, शासनमा हाम्रो अधिकार हुनुपर्दछ भन्ने जस्ता कुराहरू आजको नेपालका शासकले व्यक्तगर्ने भाषण हुन् । उनीहरूले मञ्चबाट फलाक्ने अभिव्यक्ति हुन । यी अभिव्यक्तिले उनीहरूकोे भावनालाई र सत्ताको स्वादलाई व्यक्त गरेको देखिन्छ तर आजको अवस्था भने त्यो छैन । शासकका रूपमा सधैं आफूमात्र रहनुपर्ने आजका नेताको शासकीय प्रवृत्तिप्रति आजको नेपाली पक्कै पनि सहमत देखिँदैन । शासनमा आफू र आफ्नोमात्र रजाइँ गर्ने प्रवृत्तिले नेपाली शासकलाई चिनाएको छ । आजको नेपाली त्यो शासकलाई चाहेको छैन । सामाजिक अवस्था सुधार्ने, समाजको संरचनामा परिवर्तन ल्याउने, देशमा आएको परिवर्तनले त्यो कुरालाई बाहिर ल्याउन सकेको छैन । शासकविना देशको कल्पना सम्भव मानिँदैन । जनताको अभिमतबाहेक शासकको कल्पना पनि सम्भव मानिएको देखिँदैन ।
राजा प्रजानां प्रथमं शरीरं प्रजाश्च राज्ञोद्रप्रतिमं शरीरम्
राज्ञा विहीना न भवन्ति देशा देशैर्विहीना न नृपा भवन्ति ।।
प्रधान शासक जनताको प्रधान शरीर हो । जनता पनि प्रधान शासकका शरीर हुन् । प्रधान सेवकविना देश रहँदैन र जनताविना प्रधान शासक पनि रहन सक्दैन । यही महाभारतको शासकलाई हेर्ने दृष्टि हो । शासक र जनता कुनै पनि देशमा एक अर्काका पूरक हुन् । यी दुवैको उपस्थितिले नै देशको विकास र उन्नति हुने तर्कलाई महाभारतले पनि राखेको छ । हाम्रो देशको अवस्था यो रूपमा छ र ! शासकका बारेमा गरिएका महाभारतका अभिव्यक्तिले शासक र जनतालाई नङ र मासुका सम्बन्धमा जोडेको छ । यो जोडाइले देशको विकास र उन्नति हुने तर्कमा हाम्रा शास्त्रहरू बाधक बनेर आएका छैनन् ।
उठौं कि अब त !
हाम्रो सानो देशको शासकीय पद्दति गणतन्त्रात्मक रहेको छ । शासकले मात्र चाहेर आएको व्यवस्था पनि होइन । यो नेपाली जनताको सक्रियतामा आएको शासन हो । हामी र हाम्रा देशवासीले कल्पना गरेको शासकीय पद्दति हो । शासनमा हामीले धेरै परिवर्तन ल्यायौं । २०६२/०६३ को आन्दोलनपछि त हामीले शासन व्यवस्थामा आमूल परिवर्तन गरिसकेको छौं । शासकीय पद्दति र नेपालीले चाहेको शासन व्यवस्थालाई अघि बढाउने मान्यतालाई अघि सारेका थियौं । नेपाली भोको बस्न नपरोस्, विदेशका गल्लीमा भौँतारिन नपरोस्, शिक्षित जनशक्ति नेपालमा खपत होस् । गरिब र धनीका लागि न्याय एकनाशको होस् । हाम्रा शासकले गरेका गल्तीलाई हामी प्रत्येक नागरिकले औँल्याउन सकौं । प्रत्यक्ष शासक र जनताका बीचमा सम्बन्ध कायम होस् भन्ने चाहनाबाट आएको शासकीय पद्दति हो । यही शासकीय व्यवस्थाको कल्पनामा होमिएका हामी आजको शासन व्यवस्था देख्दा नै दिक्क भइसकेका छौं ।
नेपालीले अर्को कुनै व्यवस्था खोजका छैनन् र चाहेका पनि छैनन् । व्यवस्था सबै नेपालीको आन्दोलनबाट आएको हो । यो व्यवस्था ल्याउन लभगभ बीस हजार नेपालीको ज्यान गएको छ । यसरी ल्याएको व्यवस्थाप्रति यस्तो असन्तोष किन ?
शासनमा रहेका तथा नरहेको नेताहरू भ्रष्टाचारमा डुबेका छन् । उनीहरूको चर्को भाषण देशको सुधारमा केन्द्रित देखिएको पाइन्छ तर अवस्था त्यो किसिमको नेपालीले भोग्न पाएका छैनन् । असल शासनको अनुभव नेपालीहरूले पाएका छैनन् । हरेक नेपालीले आज पीडा भोगेका छन् । गरिबले न्याय पाएका छैनन् । शिक्षित र अशिक्षित जनशक्ति बाहिरिएको अवस्था छ । देशको चौतर्फीभन्दा पनि एकतर्फी विकास पनि भएको देखिँदैन । स्थानीय तह प्रदेश र संघका नाममा खाने बाहेक केही पनि देखिएको छैन । पुराना राणा राजासित लडेर देशमा लोकतन्त्र र नेपालीलाई स्वतन्त्रता दिएका दलहरू पनियो देशको विकासमा गतिशील व्यवस्थित बनेर आउन सकेनन् । उनीहरूको लक्ष्य पनि भ्रष्टाचार गरेर भए पनि अकूत सम्पत्ति कमाउनु नै देखियो । उनीहरूले गरेको आन्दोलन र उक्त आन्दोलनबाट पाएको गणतन्त्रमा उनीहरू पनि अराजक बनेर आएको पाइयो । देशको शासकीय पद्यतिले गति लिन सकेन । देशमा अनियन्त्रित रूपमा भ्रष्टाचार बढ्यो ।
नेपालीले शासनका माध्यमबाट विकास र उन्नतिको बाटो पाउन सकेनन् । त्यसैले शासनमा हाम्रो उपस्थिति अनिवार्य मान्दै आएका नयाँ दलको भावना पनि उही नै रहेको देखियो । उनीहरू पनि सत्तास्वादमा रमाउने, नेपाल र नैपालीका लागि गरेका वाचा बिर्सने प्रवृत्तिका बनेर आए । नेपाल र नेपालीको हित कसैले पनि गरेनन् । देशका नेतादेखि सबै राजनीतिक दलका व्यक्ति र कार्यकर्ता आफ्नो र आफन्तको उन्नतिका लागि समर्पित बनेर आए । देश र देशका जनताका लागि उनीहरूले केही पनि गर्न सकेनन् । उनीहरूको स्वार्थका कारण देशको अवस्था दयनीय नै बनेर देखापरेको छ ।
किसानले दूध बेचेको छ । ऊ सडकमा छ । गरिबले मिहिनेत मजदुरी गरेर कमाएको सानो पुँजी सहकारीमा राखेको छ उनीहरू सडकमा छन् । समयमा परीक्षा हुँदैन र समयमा परीक्षाफल प्र्र्र्र्र्र्रकाशित नगर्ने विश्वविद्यालयको विद्यार्थी सडकमा छ । बाह्र कक्षाको परीक्षा दिएको परीक्षाफल प्रकाशित नभएकाले विदेशी भूमिको प्रवेशाज्ञा नपाएका कारण ऊ सडकमा छ । कामदारका रूपमा प्रवेशाज्ञा पाए पनि ठगिएको नेपाली सडकमा छ । यी सबै अवस्थाको सिर्जना गर्ने को हुन् ? तिनको पहिचान गर्नु अनिवार्य देखियो । तिनको पहिचान गरेर देशको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बाध्यता आजका नेपालीमा देखिन थालेको छ । एउटा सामान्य गाउँ/नगरपालिकाका प्रमुख र मेयरले गरिरहेका काममा समेत हस्तक्षेप र कार्यकर्ता पठाएर विरोध गर्न लगाउनु कहाँसम्मको उपयुक्त बाटो हो र !
नेपालीले अर्को कुनै व्यवस्था खोजका छैनन् र चाहेका पनि छैनन् । व्यवस्था सबै नेपालीको आन्दोलनबाट आएको हो । यो व्यवस्था ल्याउन लभगभ बीस हजार नेपालीको ज्यान गएको छ । यसरी ल्याएको व्यवस्थाप्रति यस्तो असन्तोष किन ? नेतामा सन्तोष छैन । लेख्न बस्छ लेखक ऊ आफैं सन्तोष छैन । अध्ययनका लागि विद्यालय र महाविद्यालय धाउने विद्यार्थीमा शिक्षाप्रति विश्वास छैन किन ? सानो जोहो गरेर राखेको रकमसमेत नेता र तिनका सहकारीले खाइदिएका छन् । सानो वर्ग यो व्यवस्थाप्रति किन सन्तुष्ट छैन ? हामी नेपालीले सधैँ किनेर खाने दूधको रकम सरकारले किसानलाई भुक्तानी दिएको छैन । किसान असन्तोषमा छन् ।
किन यो अवस्था आयो देशका नेताहरू सोच जाग । नेपाल र नेपालीका लागि केही नयाँ काम गर । सत्ताका लागि मरिहत्ते नगर । सामाजिक सञ्जाल र प्रत्यक्षमा पनि नेतृत्वप्रति नेपाली जनता असन्तोषले भरिएका छन् । देश र जनताको हितका लागि संविधानको संशोधन सर्वसम्मत तरिकाले गरेर समानुपातिक निर्वाचन प्रणाली तथा प्रदेशलाई खारेज गर । सक्दैनौं अबको निर्वाचनमा प्रदेशका लागि जनमतसंग्रहको व्यवस्थालाई बाहिर ल्याउने प्रयासमा लाग । अब नेपालीले भन्ने छन् जाग्ने वा उठ्ने कि अब ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच