तेस्रो संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डका लागि आवेदन आहृवान

Read Time = 3 mins

काठमाडौं । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का लागि आवदेन आहृवान गरिएको छ । ‘गीत, संगीत, कला एवं संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ विगत दुई संस्करण भव्य रूपमा सम्पन्न भएको यो अवार्डको तेस्रो संस्करणका लागि आवेदन आहृवान गरिएको हो ।

आगामी वैशाखमा एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि पुस ७ गते शनिबारबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, आधुनिक, भजन, बाध्यबाधक, गजल, बाल गीत, डायस्पोरा, लोकदोहोरी, प्रत्यक्ष लोकदोहोरी गायन, रिमिक्स, लघुचलचित्र र वृत्तचित्रलाई समावेश गरिएको अवार्डका अध्यक्ष गणेश शुवेदीले जानकारी गराउनुभयो ।

आयोजकका अनुसार अंग्रेजी क्यालेन्डर २०२१ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत भिडियालाई अवार्डमा समावेश गरिनेछ । गीत तथा सिर्जना दर्ता गर्न आवेदनको अन्तिम म्याद चैत मासन्तसम्मका लागि निर्धारण गरिएको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एकजना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । यस्तै गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने संयोजक अधिकारीले जनाउनुभएको छ । अवार्डको दोस्रो संस्करण गत वर्ष काठमाडौंको पाँच तारे होटल एभरेष्टमा भव्य रूपमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?