हरिपुर नगरपालिकामा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन सम्बन्धि अनुशिक्षण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 6 mins

सर्लाही । हरिपुर नगरपालिकामा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इश्वरपुर नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख, पुष्करमणि घिमिरेज्यूले सहजिकरण गर्नुभएको थियो । साउथ एसीया पार्टनरशिप नेपालको आयोजना तथा हरिपुर नगरपालिकाको सहकार्यमा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप-नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयाे ।

अनुशिक्षण कार्यक्रममा स्थानिय सरकार, नगरपालिकाको निति, कार्यक्रम बजेट तथा योजना, विषयगत योजनाहरु र स्थानिय तहमा बजेट निर्माण प्रक्रियाको चरणहरुको सम्बन्धमा छलफल गरिएको थियो । प्रशिक्षणमा लैगिंक उत्तरदायी बजेट तर्जुमा र कार्यान्वयनमा लक्षित समुदायकोे पहुचमा पुर्‍याउन सरकारी निकायको भुमकिा र सामाजिक जवाफदेहिता बिषयमा समेत प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा बोल्दै हरिपुर नगरपालिका योजना शाखा प्रमुख रुपलाल देवकोटाले बस्ति तथा वडा स्तरबाट योजना आउनु पर्नेमा जनप्रतिनिधिहरुको खल्ती बाट योजनाहरु आउने गरेकोले योजना कार्यान्वय हुन नसकेको बताउनु भयो । उहाँले अधिकाँस उपभोक्ता समितिहरु नाम मात्रको हुने गरेकोले समयमा काम सम्पन्न हुन नसकेको बताउनु भयो ।

मन्तव्यको क्रममा मुसहर महिला सशक्तिकरण मन्च संजाल हरिपुरकी अध्यक्ष लक्ष्मी पासवानले स्थानिय निकायले माझी मुसहरलगाएत दलितहरुलाई लक्षित गरेर विकास बजेट तथा योजनाहरु बनाउनु पर्ने बताउनु भयो । हरिपुर नगरपालिकाको उपप्रमुख लिलम देवी यादवले महिला सशक्तिकरण र आयआर्जनका कार्यक्रममा बिषेस ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा मन्तव्यको क्रममा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले नगरपालिकाले सानो तिनो भौतिक निमार्णको योजना भन्दापनि संस्थागत संरचना विकासमा ध्यान दिनु पर्ने बताउनु भयो । संस्थाको आन्तरकि श्रोत प्रयाप्त नभएको संघिय तथा प्रदेस सरकारले सिलिङमा तोके अनुसारको बजेट नदिएकोले ठुला विकासका योजना संचालन गर्न सम्भब नभएको बताउनुभयाे । भुजेलले आगामी बर्ष नगरपालिकाले पन्च बर्षिय रणनैतिक कार्य योजना बनाएर कार्यान्वयन गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै हरिपुर नगरपालिका प्रमुख गोपाल पजियारले मानिसको जिवन जन्म देखी मृत्युसम्म एउटा सिक्ने अवसर भएको बताउदै आजको महत्वपुर्ण प्रशिक्षण बाट स्थानिय सरकार संचालनकालागी अति आवश्यक बिषय बस्तुहरुको सिकाई भएको बताउनु भयो । उहाँले स्थानिय सरकारले पाच बर्षिय कार्यकालमा विकासका उदाहरणीय काम गर्ने भन्दै कतिपय स्थानहरुमा ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरेको भए पनि सरोकारवाला निकाय भने मौन रहेको बताउनुभयाे । उहाँले हरिपुर नगरपालिकामा मात्र १५ सय बिघाह ऐलानी जमिन भएको र उक्त जमिनको संरक्षण गरि बृक्षरोपन गरेर उद्यानहरु र बगैचाहरु बनाएर आयआर्जन गर्न सकिने बताउनुभयाे । स्थानिय स्तरमा रोजगारीको अवसर सृजना गरेर आय आर्जन गरी आर्थिक सम्वृद्धि ल्याउनु पर्ने उहाँकाे भनाई थियाे ।

अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप-नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा सर्लाहीका बरथहवा, हरिपुर, बस्बरीया र चन्द्रनगर गाँउपालिमा ३२ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरी मुसहर महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दै आएको र सोही अवसरमा सरकारी निकायलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप नेपालका कार्यक्रम संयोजक कार्कीले बताउनुभयाे । हरिपुर कार्यक्रममा नगरपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल राष्ट्रिय मुसहर संघका प्रमुख, मुसहर महिला सशक्तिकरण मन्च सन्जालकी अध्यक्ष, स्थानिय संचारकर्मीलगाएत ३० जनाको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?