हातहतियारसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

स्याङजा । वालिङ नगरपालिका-१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?