काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ एक स्थान तल झर्नुभएको छ । आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र सातौं स्थानमा पुग्नुभएको छ । दीपेन्द्र १९९ अंक प्राप्त गर्नुभएको छ ।
वरीयतामा श्रीलंकाका वानिन्दु हसरंगा २२२ अंकका साथ शीर्ष स्थानमा उक्लिनुभएको छ । यसअघि शीर्ष स्थानमा रहनुभएका अस्ट्रेलियाका मार्कस स्टोइनिस भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुग्नुभएको छ । यस्तै कुशल मल्ल ३६औं स्थानमा कायम रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान सुधार गर्दै ५४ स्थानमा उक्लिनुभएको छ ।
यसैगरी गुल्सन झा ६९ र कुशल भुर्लेल ७१ औं स्थानमा हुनुहुन्छ । दुवै दुई स्थान तल झर्नुभएको छ । करण केसी ७५औं स्थानमा यथावत हुनुहुन्छ । टिम वरीयतामा भने नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको छ । यस्तै ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ४६, रोहित ६१, आसिफ शेख ६९औं स्थानमा यथावत हुनुहुन्छ । अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा उक्लिँदा भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झर्नुभएको छ ।
बलिङ वरीयतामा सोमपाल कामी ९१औं स्थान यथावत रहँदा दीपेन्द्र एक स्थान खस्किँदै ९७औं स्थानमा पुग्नुभएको छ । इंग्ल्यान्डका आदिल राशिद वरीयताको शीर्ष स्थानमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच