![हकप्रद सेयरको तयारीमा प्रभु इन्स्योरेन्स](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/parbhu-inso-sare.jpg)
ललितपुर । जावलाखेल स्थित श्रीउग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डी मोसिंख्यः मा अवस्थित करिब ४०० वर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक जरुंहिती (जलद्रोणी)को पुनर्स्थापना सम्पन्न भएको छ । पहिला पहिला बाटोमा हिँड्ने वटुवाहरूको लागि पिउने पानीको व्यबस्था गर्न तथा मन्दिरहरूमा जल अर्पन गर्नका लागि विशेष गरेर नेवाः बस्तीहरूमा यस्ता जरुंहिती (जलद्रोणी)हरू बनाइएका हुन्छन् ।
लिच्छविकाल हुँदै मल्लकालतिर बनाइएका यस्ता जरुंहितीहरू एक प्रकारको परम्परागत ट्यांकी नै हो । सडक बिस्तारका कारण विगत लामो समयदेखि पुरिएको अवस्थामा रहेको उक्त जरुंहितीलाई ललितपुर महानगरपालिका-४ नम्बर वडा कार्यालयले ताम्रकार समाजको सहयोगमा पुनस्र्थापना सम्पन्न गरेको हो ।
ताम्रकार बर्गको कुलदेवता श्रीउग्रचण्डी माई नजिकको उग्रचण्डी मोसिंख्यःमा ताम्रकार पुर्खाले इनारका साथै उक्त जरुंहितीको निर्माण गराएको ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले बताउनुभयो । अध्यक्ष ताम्रकारले साधारणतया जरुंहितीमा एउटामात्र धारा रहने गरेको पाइन्छ । उक्त जरुंहितीमा तीनवटा धारा रहेको भएर विशेष महत्वको रहेको बताउनुभयो ।
उक्त परम्परागत जरुंहितीबाट आधुनिक आरो प्रविधिबाट पिउन योग्य बनाइदिएको र सेन्सर प्रविधिसमेत जडान गरिएको ४ का वडा अध्यक्ष सन्तोष खड्काले बताउनुभयो । ती प्रविधिहरूको व्यवस्थासमेत ताम्रकार समाजबाटै भएको उहाँले जानकारी गराउनुभयो । उक्त जरुंहितीको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक सम्पदाको पुनःनिर्माणका साथै संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उक्त ऐतिहासिक जरुंहितीबाट सदैब पिउने पानीको प्रवाह गर्न सक्नुपर्ने बताउनुभयो ।
उद्घाटनको अवसरमा मेयरका साथै उपमेयर मञ्जरी शाक्य बज्राचार्यले उक्त जरुंहितीको पानीसमेत पिउनु भएको थियो । वडा नम्बर ४ को कार्यालयमा आयोजित उक्त कार्यक्रममा जावलाखेलमै पुनस्र्थापित टाइगर गेटका साथै वडाको वेभसाइट, मोबाइल एप, वडा प्रोफाइलको पनि उद्घाटन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच