काठमाडौं । एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालले काठमाडौंको भित्री क्षेत्रका दुर्ई सामुदायिक विद्यालयबाट बावा (बालबालिका र वातावरण) परियोजना औपचारिक रूपमा सुरु गरेका छन् । काठमाडौं महानगरपालिका शहरी योजना आयोग र विद्यालय प्रतिनिधिकोे उपस्थितिमा कार्यशाला आयोजना गरी परियोजना शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । काठमाडौं महानगरपालिकाले परियोजनाद्वारा सरकारी शैक्षिक संस्थालाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
परियोजनामा सहभागी विद्यार्थीलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, पुनः प्रयोग, अपसाइक्लिङ र फोहोर वर्गिकरणजस्ता विविध विषयको ज्ञान प्रदान गरिन्छ । कार्यशालामा एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नवीन विकास महर्जनले बावा परियोजनाबारे जानकारी गराउनुभएको थियो । परियोजनाकी संयोजक समीक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाबारे चर्चा गर्नुभएको थियो । परियोजना महानगरपालिका २२ मा रहेको हिमालय मावि र वडा १२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।
शहरी योजना आयोग (शिक्षा) का शैलेन्द्र झाले भन्नुभयो, ‘पहिले बावा कार्यक्रमलाई महानगरपालिका वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात् सिएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो । बावालाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालबीचको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि प्रशंसायोग्य छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच