बर्लिन । युरोकप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राती भएका दुईवटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । अन्तिम खेलमा टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।
जर्मनीको लाइप्जिङमा अष्ट्रियामाथि २-१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गर्नुभयो । यता, अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो । खेलको पहिलो मिनेटमै डेमिरलले गोल गरेपछि टर्कीले सुरुवाती अग्रता लिएको थियो ।
५९औँ मिनेटमा पुनः डेमिरलले गोल गरेपछि टर्की खेलमा २-० ले अघि बढेको थियो । तर, ६६औँ मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २-१ को अवस्थामा ल्याउनुभयो । त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततः गोल गर्न नसक्दा टर्कीले २-१ को नतिजा आत्मसात गर्दा अष्ट्रिया भने अघि बढ्न सकेन । यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
एलियान्ज एरिनामा मंगलबार राती सम्पन्न खेलमा नेदरल्याण्ड्स अन्तिम आठमा पुगेको हो । नेदरल्याण्ड्सका कोडी गाक्पोले खेलको २०औँ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । उहाँले जावी सिमोन्सको पासमा गोल गर्नुभयो । ६३औँ मिनेटमा उहाँले दोस्रो गोल गरे पनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन । ८३औँ मिनेटमा उहाँकै पासमा डोनिएल मालेनले गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर बनाउनुभयो ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा उहाँले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै नेदरल्याण्ड्सलाई जित दिलाउनुभयो । अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरू हुनेछन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमनेसामने हुनेछन् । यसैगरी इंग्ल्याण्ड र स्विट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच