संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय मानवीय सहयोग समूहले मंगलबार खान युनुस र राफाह प्रान्तको ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौं हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)ले पछिल्लो नौ महिनामा बस्ती खाली गर्न दिइएको आदेशबाट प्रभावित गाजावासीहरू बारम्बार विस्थापित भएको बताएको छ । गाजापट्टीको लगभग एक तिहाइलाई समेट्ने सोमबारको निर्देशन उत्तरी गाजा खाली गर्ने अक्टोबरको आदेशपछिको सबैभन्दा चिन्ताजनक विषय हो ।
ओसिएइचएले यति ठूलो मात्रामा निकासीले नागरिकहरूको पीडा बढाई मानवीय आवश्यकता अझ बढाउने जनाएको छ । विस्थापितसँग दोस्रो वा तेस्रोपटक बसाइँ सर्ने असम्भव विकल्प नभएको जनाउँदै कुनै ठाउँ वा सेवाहरू भएका क्षेत्रमा भारी लडाइ हुने क्षेत्रमा बस्ने सम्भावना नभएको मानवीय सहायताकर्मीले उल्लेख गरेका छन् ।
युएनआरडब्लुए (प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य निकाय)को प्रारम्भिक अनुमानले आदेशको समयमा विस्थापित रहेका क्षेत्रमा लगभग दुई लाख ५० मानिसहरू बसोवास गरेको हुनसक्ने संकेत गरेको छ । नयाँ आदेशले ९० भन्दा बढी विद्यालयहरूलाई असर गरेको छ । आदेश कार्यान्वयनले धेरै विस्थापित मानिसका साथै चार मेडिकलस्थल र युरोपेली गाजा अस्पताल क्षेत्रलाई प्रभावित पर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार ७० जना बिरामी र मेडिकल स्टाफलाई स्व-निकासी गरिएको र मंगलबार थप बिरामीलाई बाहिर निकालिएको बताएको छ । अधिकृत प्यालेस्टिनी क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले युरोपेली गाजा अस्पतालमा तीनजना र रेडक्रस फिल्ड अस्पतालको अन्तर्राष्ट्रिय कमिटीमा तीनजना बिरामीमात्र बाँकी छन् ।
डब्ल्यूएचओले अस्पतालबाट बहुमूल्य चिकित्सा उपकरण र आपूर्तिको स्थानान्तरणलाई समर्थन गरी बाँकी महत्वपूर्ण अस्पतालमध्ये एक, ओसिएएचएले मंगलबार इजरायली अधिकारीहरूले अस्पतालमा बिरामी वा कर्मचारीहरूमा यो आदेश लागू नहुने बताएका छन् ।
मानवीय कार्यालयले सबै पक्षहरूले सधैं अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्ने दोहोर्याएको छ । ‘यसको अर्थ नागरिकहरू सुरक्षित हुनुपर्छ, र उनीहरूको आवश्यकताहरू-खाना, आश्रय, पानी र स्वास्थ्य सहित-पूरा गरिनुपर्छ भन्ने हो ।’ रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच