काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका बारेमा स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दुई बीचको फरक पत्ता नलाग्दा आगामी दिनमा दोधार पैदा हुने बताउनु भयो ।
सांसद भट्टराईले स्वतन्त्र विज्ञहरुको खोजि गर्न आवश्यक रहेको बताउनु भयो । त्यसका लागि प्रतिष्ठानले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो नीति, कार्यक्रममा जुन अर्कोपनि त्यस्तै खालको संस्था भन्ने कुरा आइसकेपछि यसमा क्लियर हुनुपर्छ । योजना आयोग र यसबीचको फरक हामीले पत्ता लगाएनौँ भने भोलि फेरि दोधारता आउनसक्छ । योजना आयोगले योजना, ग्याप पत्ता लगाउने, त्यो ग्यापलाई एभिडेन्सबेस डिस्कशनमा लैजाने काम नीति प्रतिष्ठानको भुमिका हुन्छ भन्ने मैले ठान्छु । एकेडेमियाहरु आफ्नो बाटोमा छन्, पोलिसीमेकरहरु आफ्नो ढंगले नीति निर्माण गरिरहेका छन् ।
उनीहरु बीचको छलफल आवश्यक छ भन्ने आधारमा यो प्रतिष्ठानको आवश्यक छ । यी दुवैको जुन खालको नलेज छ, त्यसलाई मोभिलाइज गर्नेकुरा पनि अबको सन्दर्भमा आवश्यक छ । अब हामीले स्वतन्त्र एक्सपर्टहरुको खोजी गर्नुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच